बैशाख २७, २०८२ शनिबार

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई

खोटाङ, १ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी हुनुभएको छ । शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उहाँलाई चयन गरेको हो ।

अध्यक्षमा विजयी राईले तीन सय ३९ मत प्राप्त गर्नुभएको थियोभने उहाँका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले एक सय ८७ मत पाउनुभएको प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका-१४ बुइपा निवासी राई सातौँ जिल्ला अधिवेशनमा उपाध्याक्ष निर्वाचित हुनुभएको थियो ।

पार्टीको जिल्ला उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी हुनुभएको छ । पाँच पदाधिकारीसहित ९० जनाको कार्यसमिति सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।

एक उपसचिवका लागि सातजनाबीच भएको प्रतिस्पर्धामा राजन बञ्जरा विजयी हुनुभएको छ । समावेशी उपसचिवमा कविता राई विजयी हुनुभएको छ । आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर चुनिनु भएको छ ।

यसैगरी, एकजना दलित कोटाका लागि भएको निर्वाचनमा रमेश परियार ‘प्यासी’ दुई सय ११ मतसहित विजयी हुनुभएको छ । दलित कोटामा चारजनाको प्रतिस्पर्धा भएको थियो । दलित महिला कोटामामा रेखा रम्तेल एक सय ५० मत ल्याएर विजयी हुनुभएको छ । उक्त कोटामा तीनजनाको प्रतिस्पर्धा भएको थियो ।

खुला महिला कोटामा कुसुम राई, प्रतिमा बिष्ट ९पौडेल०, पुण्यकुमारी मगर र हीराकुमारी वन ९गिरी० विजयी हुनुभएको छ । खुला कोटामा अनिश कार्की, अषिश राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का विजयी हुनुभएको छ । पाँच जनाको कोटामा १७ जनाको प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १, २०८१ शनिबार  १० : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]