बैशाख २२, २०८१ शनिबार

साहित्य चौतारीद्वारा पाँच जना स्रष्टालाई अभिनन्दन

बिर्तामोड । साहित्य चौतारी झापाले नववर्ष २०८१ सालको शुभकामना आदानप्रदानसहित मासिक साङ्गीतिक काव्य सभा र पाँच जना अग्रज स्रष्टालाई अभिनन्दन र सम्मान गरेको छ ।

साहित्य चौतारी झापाको रजत वर्ष महाअभियान अन्तर्गत चैत्र महिनाको मासिक साङ्गीतिक काव्य सभामा पाँच जना अग्रज स्रष्टालाई अभिनन्दन र सम्मान गर्नुका साथै नेपाली साङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान पु¥याउने अमर सर्जक मदन दिपविमको स्मृतिमा श्रद्धा सुमन अर्पणसहित उनका सृजना प्रस्तुत गरिएको हो ।

साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा प्रा.डा.गङ्गाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य चौतारी झापाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्वाङले स्वागत गरेका थिए ।

साहित्य चौतारीका तत्कालीन सचिव स्व. डिकमान विरहीको शब्द रहेको स्वागत गीत साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठसहितका कलाकारले प्रस्तुत गरेको कार्यक्रममा संस्थापक संरक्षक तथा अध्यक्ष श्रेष्ठका दिवङ्गत मातापिता स्व.भीमबहादुर श्रेष्ठ, स्व. पञ्चकुमारी श्रेष्ठ , स्व. धनमाया बिमली र स्व. जगन्नाथ विमली तथा संस्था स्थापनादेखि हालसम्मका दिवङ्गत स्रष्टाहरूको स्मृतिमा मौन धारण गरिएको थियो ।

कार्यक्रमको औचित्यमाथि साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले प्रकाश पार्दै संस्थाको स्थापनाकालदेखि संस्थासँग जोडिएर उल्लेखनीय योगदान गर्ने अग्रज स्रष्टाहरूलाई अभिनन्दन र सम्मान गर्न पाउँदा संस्था आफैँ अभिनन्दित भएको बताउँदै उहाँहरूको आशीर्वाद सधैँ प्राप्त गरिरहने र अग्रजको आशीर्वादले साहित्य चौतारी जीवन्त रहने बताए ।

कार्यक्रममा साहित्य चौतारीका तत्कालीन सचिव स्व. डिकमान विरहीको शब्द र साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको सङ्गीत र स्वर रहेको स्वागत गीतको विमोचन गरिएको थियो ।

कार्यक्रममा अग्रज स्रष्टा तथा साहित्य चौतारी झापाका २०७५ सालको कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ जीवननाथ पोखरेल पन्छी, साहित्य चौतारी झापाका संस्थापक सदस्य तथा सल्लाहकार शिरो सान्दाइ खतिवडालाई अभिनन्दन गरिएको थियो भने वरिष्ठ साहित्यकार विरही अधिकारी, विन्दु दाहाल मूकदर्शक , साहित्य चौतारी झापाकी पूर्व उपाध्यक्ष तथा साहित्य चौतारी झापाले स्थापना गरेको गुरुकुल सङ्गीत विद्यालयकी सञ्चालिका कमला नेम्वाङलाई सम्मान गरिएको थियो ।

उनीहरूलाई साहित्य चौतारी झापाका पूर्व अध्यक्ष केशव आचार्य, सल्लाहकार हरिनारायण भट्टराई, भवानी क्षेत्री, सदस्य चित्रा कोइरालालगायतले वाचन गरेको अभिनन्दन पत्र,र सम्मान पत्र , माला, खादा अर्पण गरिएको थियो ।

कार्यक्रममा नेपाली साङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान पु¥याउने अमर सर्जक मदन दिपविमको स्मृतिमा श्रद्धा सुमन अर्पणसहित उनको सङ्गीत रहेको भजन साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले प्रस्तुत गरेका थिए । श्रेष्ठले आफूलाई रेडियो नेपालमा स्वर परीक्षामा उत्तीर्ण गराई पहिलो भजन रेकर्ड गराउन स्व. दिपविमको ठुलो हात रहेको बताए ।

साहित्यकार मोक्ष खतिवडा, भूषण हुमागाईँ, प्रमोद दाहाल, इलामे जेठो, प्रकाश गौतम, चित्रा पौड्याल लगायतले कविता वाचन गरेको कार्यक्रममा रेशिका खड्काले नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा स्मयन बजगाईँ, विज्ञान डाँगी, रक्षा तिम्सिना, रोहिका तिम्सिना, अर्पण सिटौलालगायतले गीत प्रस्तुत गरेका थिए भने आर्ट स्टुडियो महिला नौमती बाजा समूहले नौमती बाजा बजाएर सबैको मन जितेका थिए ।

कार्यक्रममा अभिनन्दित व्यक्तित्वको तर्फबाट अग्रज स्रष्टा तथा साहित्य चौतारी झापाका २०७५ सालको कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ जीवननाथ पोखरेल पन्छी, साहित्य चौतारी झापाका संस्थापक सदस्य तथा सल्लाहकार शिरो सान्दाइ खतिवडाले साहित्य चौतारी झापाले आफूहरूलाई अभिनन्दन गरेकोमा खुसी व्यक्त गर्दै यसले आफूहरूलाई अझ जिम्मेवार बनाएको बताए ।

त्यस्तै सम्मानित व्यक्तित्वको तर्फबाट साहित्य चौतारी झापाकी पूर्व उपाध्यक्ष तथा साहित्य चौतारी झापाले स्थापना गरेको गुरुकुल सङ्गीत विद्यालयकी सञ्चालिका कमला नेम्वाङले आफूलाई सम्मानित गरेकोमा गौरवान्वित भएको बताइन् । उनले आफूभित्रको प्रतिभालाई साहित्य चौतारीले उजागर गरेर यो अवस्थासम्म पु¥याएको बताउँदै साहित्य चौतारी आफ्नो जीवनको अभिन्न अङ्ग भएको जनाइन् ।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार तथा समालोचक प्रा.डा. गङ्गाप्रसाद अधिकारीले साहित्य चौतारीले साहित्य,कला ,सङ्गीतका क्षेत्रमा योगदान गरेका अग्रज स्रष्टा ,सर्जकहरूलाई अभिनन्दन तथा सम्मान गरेकोमा खुसी व्यक्त गर्दै साहित्य,कला ,सङ्गीत ,भाषा, संस्कृति , परम्पराको संरक्षण र प्रवद्धृनमा साहित्य चौतारीको योगदान अतुलनीय रहेको बताए ।

सोही कार्यक्रममा साहित्य चौतारी झापाका सहसंरक्षक तथा सचिव गौरव श्रेष्ठले साहित्य चौतारी झापाले प्रत्येक वर्ष तिहारको गोवर्द्धन पूजाका दिन खेलिँदै आएको दक्षिणारहित सडक देउसीलाई भिडियो मार्फत प्रस्तुत गरेका थिए । उनले साहित्य चौतारीले गरेको विविध कार्यलाई भिडियो मार्फत प्रस्तुत गरी जनमानसमा साहित्य चौतारीले साहित्य,कला ,सङ्गीत ,भाषा, संस्कृति , परम्पराको संरक्षण र प्रवद्धृनमा गरेको योगदान बारे बुझाइने बताए । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव भानुभक्त कुभिण्डेलीले गरेका थिए ।

प्रकाशित मिति : बैशाख २, २०८१ आईतबार  ९ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]