बैशाख १७, २०८१ सोमबार

झापाका एक दम्पत्तिको धन्दा : अर्काको नागरिकता दुरुपयोग गर्दै ६० लाख ठगी

बिर्तामोड । अरुको नागरिकता दुरुपयोग गरी ठगी गरेको आरोपमा तीन जालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा श्रीमान–श्रीमतीसहित तीन् जना छन् । झापाको अर्जुनधारा–९ कि ३८ वर्षीया रश्मी विश्वकर्मा भनिने सन्जु पौडेली, उनका श्रीमान ३५ वर्षीय ३५ वर्षीय निश्चल पोर्तेल र इलामका ३४ वर्षीय धनबहादुर विक छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको हो । यो समूहले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुसँग सम्पर्क गर्ने र पार्सल तथा डलरहरु आएको छ भन्दै विश्वास दिलाएर भन्सार चार्ज भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोप लागेको छ ।

सन्जु पौडेलीले रश्मी विश्वकर्माको नागरिकता भेट्टाएकी थिइन् । उक्त नागरिकताको फोटो उप्काएर सन्जुले आफ्नो फोटो टाँस गरिन् । र सोही नागरिकताको आधारमा उनले विभिन्न बैंकहरुमा १६ वटा खाता खोलिन् ।

त्यसपछि ह्वाट्स एपमार्फत विभिन्न व्यक्तिहरुसँग सम्पर्क गरी काउन्सेलिङ गर्दै पार्सल पठाएको, चिट्ठा परेको, डलर पठाएको जस्ता प्रलोभन पारी ठगी गरेको खुलेको छ । पीडितहरुलाई नक्कली नागरिकताको आधारमा खोलिएको बैंक खातामा रकम हाल्न लगाएर ठगी गरेको देखिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

एक जनाबाट रकम ठगी गरिसकेपछि उक्त सीमकार्ड अर्को पटक प्रयोग नगरेको देखिएको छ । सन्जुले यो शैलीमा विगत दुई वर्षदेखि ठगी गर्दै आएको खुलेको एसपी रेग्मीले बताए ।

सन्जुले पीडितहरुले भने आफू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कुरियर सिनियर अधिकृत रहेको भन्दै परिचय दिने गरेकी थिइन् । सन्जुले रश्मीको मात्रै नभएर अरुको समेत नागरिकता दुरुपयोग गरी ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।

ठगी आरोपमा सन्जुसँगै उनका श्रीमान पनि पक्राउ परेका छन् । श्रीमान निश्चलले पनि भारतीय आधार कार्ड समेत लिएको खुलेको छ । हालसम्म श्रीमान–श्रीमती मिलेर ६० लाख ५५ हजार ठगी गरिसकेको खुलेको छ ।

उनीहरुबाट विभिन्न व्यक्तिका ६ थान नागरिकता, एनसेलका २६ थान सीमकार्ड, भारतीय सीमकार्ड १थान, विभिन्न बैंकको ८ थान एटीएम, चेकबुक ११ थान, बैंक तथा सहकारीमा डिपोजिट गरेको १८ थान स्लीप, ६ थान मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : बैशाख २, २०८१ आईतबार  ९ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]