बैशाख १७, २०८१ सोमबार

सभामुख घिमिरे र एमाले अध्यक्ष ओली झापामा

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरे विभिन्न कार्यक्रममा सहभागी हुन झापा आएका छन् । आज सभामुख घिमिरे र अध्यक्ष ओली एकै विमानमा भद्रपुर ओर्लिएका हुन् ।

एमाले अध्यक्ष ओली नेकपा एमाले झापाको पहिलो जिल्ला बैठकलाई सम्बोधन गरेर इलाम जाने कार्यक्रम छ । आजै इलाम जाने ओली भोलीको कार्यक्रमलाई सम्बोधन गरेर फर्किने कार्यतालिका छ ।

यस्तै, सभामुख घिमिरे जिल्लाका दर्जन बढी कार्यक्रममा सहभागी हुने कार्यतालिका छ । विभिन्न कार्यक्रम, अनुगमन र समवेदना दिने कार्यक्रममा सहभागी हुने बताइएको छ । सभामुख घिमिरे ६ गते ४ः२५ बजे काठमाडौं फर्किने छन् ।

प्रकाशित मिति : बैशाख ४, २०८१ मंगलबार  २ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]