बैशाख १९, २०८१ बुधबार

महेश्वरी महिला मञ्चद्वारा विराटनगरमा १५ जोडीको सामूहिक विवाह

विराटनगर । १५ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । महेश्वरी महिला मञ्चको आयोजनामा बिहीबार सामूहिक विवाह सम्पन्न भएको हो ।
समूहिक विवाह कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निरौला कार्कीले मानव जीवन लिएपछि यो पुन्यको काम गरेको महसुस भएको बताइन् । उनले यस्तो पुन्यको काम गरे कुनै पनि बुवाआमालाई छोरी बोझ नहुने समेत बताइन् ।

यो कार्यक्रमले निरन्तरता पाउनुपर्ने अपेक्षा रहेको बताउदै उनले महानगर सँधै साथमा रहेन प्रतिवद्धता जनाइन् । यस्तै जहदा गाँउपालिका अध्यक्ष जितेन्द्र प्रसाद साहले संस्थाले विपन्न परिवारको सन्तानको बिवाह गराएकोमा आभार प्रकट गरे ।

बिबाह गर्दा कतिपय परिवारको सामाथ्र्य नपुग्दा असहज हुनेभएको आफूबाट हुने सहयोग गर्न तयार रहेको उनको भनाई थियो ।
अति विपन्न परिवारबाट छानिएको जोडीलाई अभिभावक र जनप्रतिनिधिको समन्वयमा विवाह गर्ने निणर्य भएको महेश्वरी महिला मञ्चकी अध्यक्ष पुनम राठीले जानकारी दिइन् । ६ महिनाको तयारीपछि बल्ल यो कार्यक्रम सम्पन्न गर्न सफलता मिलेको उनले बताइन् । ८१ वर्षको उमेरमा थुप्रैको विवाह गरेको अनुभव बोकेका समूहिक विवाहमा आएका एक पण्डितले यो पहिलो अनुभव भएको प्रतिक्रिया दिएका थिए । उनले समूहिक विवाह गर्दा सहज र समय खर्च नहुने समेत उनको भनाई थियो ।

यता, संस्थाले विवाह गरिदिँदा धेरै राहत मिलेको विवाह बन्धनमा बाँधिएका परिवारहरुको भनाई छ । आर्थिक अवस्था कमजोर हुँदा धुमधामको साथ विवाह गर्ने अवस्था पनि नभएकाले संस्थाले गरेको काम प्रति आफूहरु खुशी रहेको समेत उनीहरुले बताए ।

विवाहमा एउटी कन्यालाई घर चलाउनका लागि आवश्यक पर्ने हरेक घरायसी समाग्री समेत उपलब्ध गराएको संघकी अध्यक्ष राठीले जानकारी दिइन् ।
उनको अनुसार सुनको गहना, चाँदीको पाउजु, नाकमा फुली, कानमा सुनको टप समेत दुलहीलाई प्रदान गरिएको छ । भने, दुलाहाका लागि समेत सर्ट, पेन्ट प्रदान गरिएको छ ।
दुलहीको नाममा एघार हजारको मुद्दती खाता समेत खोलिएको अध्यक्ष राठीले बताइन् । बैंक खातामा भएको पैसा ५ वर्षपछि मात्रै झिक्न पाउने व्यवस्था रहेको उनको भनाई थियो ।

प्रकाशित मिति : बैशाख ६, २०८१ बिहीबार  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]