बैशाख २१, २०८१ शुक्रबार

अनेम संघ (क्रान्तिकारी) झापाको अध्यक्षमा श्रेष्ठ

झापा, ८ बैशाख । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) झापाको अध्यक्षमा तारा श्रेष्ठ चयन हुनुभएको छ ।
चैत २८ गते शुरु भएको विस्तार भेला अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनबाट श्रेष्ठको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन अधिकृत भवानीप्रसाद दंगाल (भानु)ले जानकारी दिनुभयो ।

नव गठित समितिको उपाध्यक्षमा कचाली राजवंशी, कल्पना राई र रिता मिश्र चयन हुनुभएको छ । त्यस्तै, समितिको सचिवमा टीका राउत, सहसचिवमा हिरा राजवंशी, इन्दिरा नेपाल, सुस्मा अधिकारी र कोषाध्यक्षमा कमला बिक चयन हुनुभएको निर्वाचन अधिकृत दंगालले बताउनुुभयो ।

त्यसैगरी, सदस्यहरुमा कल्पना तामाङ, अम्बिका खतिवडा, रेखाकुमारी यादव, मेनुका राजवंशी, राधिका आचार्य, अम्बिका मैनाली, मुनावती गणेश, भगवती मेचे, लता भट्टराई, रोमा राई नेम्वाङ, अस्मितकला लिम्बू, लीला सुब्बा राजवंशी, उर्मिला सापकोटा, अमृता खाती, अनिसा यादव, कल्पना बस्नेत, अम्बिका तोलाङ्गी राई, लीला प्रसाईं संग्रौला, शान्ति उपाध्याय र भुमिका कोइराला चयन हुनुभएको छ ।

यसैबीच, नव निर्वाचित पदाधिकारीको पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अनेम संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य निरु खतिवडाले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो ।
कार्यक्रमा पार्टीका प्रदेश कमिटी सदस्य खड्ग कन्दङवा (रोशन), जिल्ला संयोजक राजु आचार्य (अग्नि), प्रदेश सभा सदस्य बन्दना झागड लगायत शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति : बैशाख ८, २०८१ शनिबार  ७ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]