असार १२, २०८२ बिहीबार

एमाले अध्यक्ष ओली अस्वस्थ्य

काठमाडौँ, ९ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनुभएको छ ।

अस्वस्थ्य भएपछि उहाँ अहिले घरमै आराम गरिरहनुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्ने जस्ता समस्या देखिएकोले घरमा आराम गरिरहनु भएको छ ।

अध्यक्ष ओली अस्वस्थ्य भएपछि ललितपुर, गोदावरीमा जारी सो पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नुभएको प्रमुख गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बैशाख ९, २०८१ आईतबार  ५ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]