बैशाख २२, २०८१ शनिबार

चारआलीमा सुनको सिक्री थुतेर भाग्ने पक्राउ

बिर्तामोड । प्रहरीले चारआलीको पेट्रोल पम्प नजिकै सुनको सिक्री थुतेर भाग्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १३ तेलिबारीका ३९ वर्षीय दिवस राजवंशी रहेको झापा प्रहरीले जनाएको छ ।

सोमवार साँझ ७ः२५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर १३ श्रीनाथ पेट्रोल पम्पनजिक पूर्व पश्चिम राजमार्गमा पैदल हिडिरहेकी मेचीनगर नगरपालिका १२ सहरेडाँगीकी २१ वर्षीया रचना आङदम्वेको घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री थुतेर भाग्दै गर्दा राजवंशीलाई फुलवासा खोलाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता कृष्ण चन्दले जानकारी दिए ।

साइकलमा आएका राजवंशीले पैदल हिडिरहेकी आङदेम्वेको घाँटीबाट सुनको सिक्री थुती फरार भएको सूचना प्रहरीले थाहा पाउन साथ खोजीमा प्रहरीमा सक्रिय भएको थियो । प्रहरी चौकी चारआलीमा जानकारी गराउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त टोलीले राजवंशीलाई भाग्दै गरेको अवस्थामा फेला सुनको सिक्री र साइकलसहित नियन्त्रणमा लिइएको थियो । राजवंशीलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्दले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख ११, २०८१ मंगलबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]