बैशाख २३, २०८१ आईतबार

झिलझिलेमा भएको दुर्घटनामा तीन जनाको मृत्यु

झिलझिले – पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिरेमा बुधबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको में ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जनाएका छन्।

विपरीत दिशाबाट आएको प्रदेश १-००१-००१ च ९३२९ नम्बरको बोलेरोले अनियन्त्रित मोटरसाइकललाई ठक्कर दिएको थियो । सो दुर्घटनाबाट गम्भीर घाइते भएका तीनैजनाको उपचारका लागि अस्पताल लगिएको थियो। चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए।

मृतकको साथमा चुरोट, १ देखि २०० सम्म नेपाली नगद रुपैयाँ मात्र फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालकले बिना हेल्मेट मोटरसाइकल चलाइरहेका थिए। मृतक तिनै जनाको पहिचान खोल्ने डकुमेन्ट फेला नपरेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : बैशाख १२, २०८१ बुधबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]