बैशाख २९, २०८१ शनिबार

इलाम २ मा मतगणना सुरू

इलाम । इलाम २ मा मतगणना सुरू भएको छ। इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना सुरू भएको छ। मतगणनाका लागि यहाँ तारजाली लगाइएको छ।

आइतबार मध्याह्न १२ बजेपछि मतगणना सुरू भएको हो। फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतदान केन्द्रमा खसेको मतबाट गणना सुरू भएको छ। इलाम क्षेत्र नम्बर २ मा शनिबार उपनिर्वाचन भएको थियो।

एमाले नेता सुवास नेम्वाङ निर्वाचित इलाम–२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो।

शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो। यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्।

प्रकाशित मिति : बैशाख १६, २०८१ आईतबार  १२ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]