जेष्ठ ७, २०८१ सोमबार

अर्जुनधाराका मेलमिलापकर्तालाई एड्भान्स लेखनसीप तालिम

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा मेलमिलापकर्ताहरुको लागि एड्भान्स लेखनसीप तालिम सञ्चालन गरिएको छ । शुक्रवारबाट सुरु भएको तालिम आइतबारसम्म सञ्चालन हुने छ ।

अर्जुनधारा नगरपालिकाको आयोजना तथा इजलास मिडिया प्रा.लिको सहजीकरणमा सञ्चालित एड्भान्स लेखनसीप तालिममा अधिवक्ता बसन्त नेपालले दुई दिन र कानुन अधिकृत आकृति निरौलाले अन्तिम दिन सहजीकरण गर्ने कार्यक्रम संयोजक प्रदीप परियारले जानकारी दिए ।

११ वटै वटाबाट सहभागी मेलमिलापकर्ताहरुलाई गाउँघरमा हुने कागजात लेखनमा सहयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । उजुरी तथा निवेदनहरुको ढाँचा, वैनावट्टा, विक्री, लेनदेन कागजात, मिलापत्र, सहमतिपत्र, न्यायिक समितिमा जाने मुद्धा लेखन लगायतका लिखतहरु कार्यक्रममा सहजीकरण गरिनेछ । कानुन अधिकृत निरौलाले नगरबाट प्रवाह भइरहेको न्यायिक सेवा, प्रगति र मेलमिलापकर्ताहरुको भूमिका विषयक सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

शुक्रवार नगरपालिकाको सभाहलमा नगर उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल लगायतले लेखनसीप क्षमताको विकासमा सहयोग गर्न कार्यक्रमको आयोजना गरिएको बताएका थिए । उनले तालिमलाई उपलब्धीमुलक बनाउन आव्हान गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक प्रदीप परियारको अध्यक्षतामा भएको उद्घाटनसत्रमा न्यायिक समिति सदस्यहरु टुम्मनाथ काफ्ले, सर्मिला सुब्बा, कानुन अधिकृत आकृति निरौला, न्यायिक शाखामा कार्यरत पाँचौं सहायक माया ऐर लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : बैशाख २८, २०८१ शुक्रबार  १० : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]