असार ४, २०८१ सोमबार

पत्रकार महासंघ झापामा प्रेस चौतारीद्वारा तालावन्दी

बिर्तामोड,१४ जेठ – प्रेस चैतारी झापाले नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको छ । सदस्यता शुद्धीकरणका नाममा विभिन्न माध्यममार्फत सार्वजनिक भएको नामावलीप्रति असन्तुष्टी जनाउँदै चौतारीले तालाबन्दी गरेको हो ।

महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल र महासचिव रोशन पुरीको हस्ताक्षरमा आइतबार राति १ सय ९८ जना सदस्यको नाम सार्वजनिक भएको थियो ।

सदस्यता सूची आफैँमा शुद्धीकरणको पूर्व निर्धारित विधि र मापदण्ड विपरीत रहेकोले तालाबन्दी गर्न बाध्यभएको प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले बताउनु भयो ।

चौतारीले जारी गरेको प्रेस विज्ञप्तिमा आस्था राखेकैकारण पत्रकारितामा सक्रिय, झापाली पत्रकारितामा नेतृत्वदायी भूमिका निर्वाह गरेका, पत्रकारिताको मूल प्रवाहमा आफ्नो सीप र मेहनत खर्चिएका पत्रकारको सदस्यता छानी छानी खोस्ने नियतले सार्वजनिक गरिएकोले घोर आपत्ति रहेको उल्लेख गरिएको छ ।

शुद्धीकरणमा समान विधि र प्रक्रिया अवलम्बन गर्नुपर्नेमा त्यसलाई पनि नजरअन्दाज गरी मापदण्डको आधारभूत मान्यता समेत उल्लंघन हुने गरी सार्वजनिक भएको नामावली अविलम्ब सच्याउन चौतारीले माग गरेको छ ।

प्रेस चौतारीले आन्दोलनप्रति ऐक्यबद्धता जनाउन पत्रकारका सबै संघ संगठनलाई सार्वजनिक रुपमा अपिलसमेत गरेको छ ।

प्रकाशित मिति : जेष्ठ १४, २०८१ सोमबार  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]