जेष्ठ ५, २०८२ आईतबार

नेकपा एमाले बिर्तामोडको अध्यक्षमा भट्टराई र कडेल भिड्दै, २ बजेदेखि मतदान

बिर्तामोड । नेकपा एमाले बिर्तामोडको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । आज दिउँसो २ बजेदेखि जिल्ला पार्टी कार्यालय बिर्तामोडमा निर्वाचन गर्ने तयारी भइरहेको छ ।

जेठ १३ गते उद्घाटन भएको दोस्रो नगर अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न सहमति नजुटेपछि निर्वाचनको तयारी गरिएको हो । ७५ सदस्यीय नगर कमिटीका लागि सोमवार नै मनोनयन दर्ता भइसकेको छ । मनोनयन दर्ता भएको प्रथम नामावली अनुसार अध्यक्ष पदमा सुवास भट्टराई र शेखर कडेलले उम्मेदवारी दिएका छन् ।

यस्तै, उपाध्यक्ष पदमा मदन बुढाथोकी र राहुल शर्मा, सचिवमा अम्बिका लिङदेन र लक्ष्मी बाँस्कोटा, उपसचिव खुल्लामा गंगालाल राजवंशी,प्रदीपकुमार संग्रौला,प्रदिप मिलन खरेल, हिमाल कन्दङवाले उम्मेदवारी दिएका छन् ।
यसैगरी उपसचिव महिला तर्फ चन्द्रकला संग्रौला पकुवाल र डिल्लीमाया आचार्यले उम्मेदवारी दिएका छन् ।

सदस्यहरुमा केहि पद सर्वसम्मत भएका छन् भने कतिपय सदस्य क्लष्टरमा निर्वाचन हुने पक्कापक्की भएको छ ।

प्रकाशित मिति : जेष्ठ १५, २०८१ मंगलबार  ९ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]