जेष्ठ ५, २०८२ आईतबार

बिर्तामोड एमालेको मतदान सकियो, ११ बजेदखि मतगणना

बिर्तामोड । नेकपा एमाले बिर्तामोडको नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार आज राती ९ बजे मतदान सम्पन्न भएको हो ।

बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि मतदान भएको हो । निर्वाचन समितिका अनुसार ५०४ प्रतिनिधिमध्ये ४८८ जनाले मतदान गरेका छन् । आजै ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

अध्यक्ष मण्डल र निर्वाचन समितिबीच छलफल सकेर मतगणना सुरु गर्ने बताइएको छ । ५ जना पदाधिकारी, ७ जना खुल्ला सदस्य, ५ जना युवा महिला सदस्य, लेखा समिति उपाध्यक्ष, सचिव र ३ सदस्यका लागि मतदान भएको हो ।
अध्यक्ष पदमा सुवास भट्टराई र शेखर कडेल उम्मेदवार बनेका छन् । यस्तै, उपाध्यक्ष पदमा मदन बुढाथोकी र राहुल शर्मा, सचिवमा अम्बिका लिङदेन र लक्ष्मी बाँस्कोटा, उपसचिव खुल्लामा गंगालाल राजवंशी, प्रदीपकुमार संग्रौला, प्रदिप मिलन खरेल, हिमाल कन्दङवाले चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

यसैगरी उपसचिव महिला तर्फ चन्द्रकला संग्रौला पकुवाल र डिल्लीमाया आचार्यले प्रतिष्पर्धा गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ १५, २०८१ मंगलबार  १० : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]