मंसिर २३, २०८१ आईतबार

समाचार प्रभाव : सैनिकबस्तीमा खानेपानीको व्यवस्था मिलाउने

विनोद सापकोटा

झापा । शिवसताक्षी–१० सैनिक वस्तिका स्थानीयलाई पिउने पानीको प्रबन्ध हुने भएको छ । उपभोक्ताले पिउने पानीका लागि इच्छा देखाए उहाँहरुको निवेदन दर्ता भएको १ घन्टामा पिउने पानीको व्यवस्था गर्न वडा कार्यालय र स्थानीय उपभोक्ता समिति तयार भएका हुन् ।

इजलास दैनिकमा सैनिक बस्तिका स्थानीयले पिउने पानी नपाएको विषयमा समाचार प्रकाशन भएपछि सरोकारका निकायले चासो दिएका छन् ।

वडा अध्यक्ष हर्कधन सिगुले पिउने पानीको समस्याको समाधान गर्न वडापालिका तयार रहेको बताए । प्राविधिक कारणले पीउने पानी उपभोक्ता समितिले सो बस्तीमा नदिएको हुनसक्छ । तर, स्थानीयले बोले जस्तो नेपाल सरकारका तीनवटै तहले पानी नदिएको भन्ने चै गलत हो । उनले भने, नेताले पानी दिने होइन । प्रकृया पुग्यो र उपभोक्ताले चासो देखाए सरकारी तथा गैह्र सरकारी निकायले घर घरमा पानी पुर्याउँछ । यसमा समस्या के छ र ?

स्थानीय खानेपानी उपभोक्ता समिति र लाभग्राही उपभोक्तासँग आवश्यक छलफल पश्चात पिउने पानीको अविलम्ब व्यवस्था गरिने वडा अध्यक्ष सिगुले बताए । उनले भने, ‘उपभोक्ताले पहिलो नम्बरमा इ्रच्छा देखाउनु पर्यो । मानिसको पहिलो आधारभुत आवश्यकताभित्र पर्ने पिउने पानीको व्यवस्था मिलाउन वडालाई कुनै भारी छैन ।’

सैनिक बस्तिको करिव ५० मिटर दुरीमा सैनिकबस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पानी संचालनमा छ । त्यो पानी स्थानीयले उपभोग गर्न सक्ने सो उपभोक्ता समितिका अध्यक्ष मोहन बहादुर कार्कीले बताए । ‘समितिमा निवेदन दिएको १ घन्टामा घर घरमा पानी हामी पुर्याउँछौं’ उनले भने ।

सो बस्ती सैनिक बस्ती नामले परिचित भएपनि तत्कालिन सरकारले त्यहाँ सुकुम्बासी ल्याएर राखेको थियो । कनकाई नदिमा आएको बाढीले घर खेत बगाउँदा ०५२ साल देखिका पीडित त्यहाँ ल्याएर राखिएका छन् । स्थानीय बसेको जग्गा नेपाल सरकारको हो ।

स्थानीयका अनुसार ९० घर सुकुम्बासी छन् । ती मध्येका केही घरमा सैनिकबस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्धारा संचालित खानेपानी पुगेको छ । स्थानीय धनकुमार ढकाल भन्छन्, ‘केही परिवार अति विपन्न छन् । ति परिवारको भान्सामा कसरी पिउने पानी पुर्याउनु पर्छ भन्ने विकल्प खोजिदैछ ।’

स्थानीय ताला सोरेनले भनिन्, ‘पच्चिस हजार सदस्यता शुल्क विना आम्दानीका हामी सुकुम्बासीले कसरी भुक्तान गर्न सक्र्छौ ? घरमा पानी लैजानका लागि पाईप लगायतका सामग्री खरिद गर्ने पैसा नहुँदा पिउने पानीबाट बञ्चित हुनुपरेको छ । अब २५ हजार मैले कहाँबाट ल्याउनु ? सरकारले कि मर भन्नु पर्यो की मार्नुपर्यो ।’

प्रकाशित मिति : जेष्ठ १७, २०८१ बिहीबार  ७ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]