जेष्ठ ५, २०८२ आईतबार

सदस्यको समृद्धि र जीवनस्तर सुधारमा सहकारीहरुको भुमिका के हुन सक्छ ?

महेन्द्र कुमार गिरी

१. ऋणी हैन उद्यमी बनाउनेः हामीले अबका दिनका सदस्यहरुलाइ ऋणि मात्रै बनाएर संकटमा फसाउन भन्दा उद्यमी कसरी बनाउन सकिन्छ भनेर सोच्न जरुरी छ ।

२. सदस्यको पहिचानः सदस्यको आर्थिक अवस्था कस्तो छ ? पारिवारिक पृष्ठभुमि के छ ? उसमा उद्यमशीलताको सम्भावना के छ पहिचान गर्नुपर्दछ ।

३. सोचमा परिवर्तन ल्याउने : धेरै सदस्यहरु उद्यम गरेर जोखिम लिनु भन्दा बरु अर्काको मजदुरि गर्ने, जागिर खाने वा बिदेश जान खोज्नु हुन्छ, उहाँहरुलाइ कसरी उद्यमी हुन सकिन्छ भन्ने सोचाई परिवर्तन गराउन जरुरी छ ।


४. Marker Research उद्यमशीलताको लागि बजार, स्थानीय कच्चा पदार्थको पर्याप्तता, सीपमुलक संस्था, कानुनी झन्झट, प्राविधिक जनशक्ति, ऋण आदिको ब्यवस्था छ छैन सम्भाब्यता अध्ययन गर्नुपर्दछ ।

५. तालिम तथा अभिमुखिकरणः उद्यमी बन्न चाहने सदस्यहरुलाई उद्यमशीलता सम्बन्धी तालिम÷अभिमुखीकरण संचालन गर्ने ।

६. व्यवसायिक योजना तयार : सदस्यले कस्तो प्रकारको उद्यम तथा व्यवसाय संचालन गर्ने हो सम्पूर्ण विषय खुल्ने गरि व्यवसायिक योजना तयार पार्न पर्दछ ।

७. पुँजी व्यवस्थापन : उद्यम व्यवसाय संचालन गर्दा पहिले सानोबाट सुरु गर्ने, क्रमशः अनुभव बढ्दै गएपछि बिस्तार गर्दै लाने, त्यसै गरि स्वपुँजी अधिक लगाउने ऋणलाई आवश्यक पर्दा मात्रै थोरै लिने ।

८. व्यवसायलाई ब्रान्डिङ गर्नेः अब बाबुआमाले संचालन गर्दै गरेको ब्यवसाय छोरा छोरीहरुले सम्हालेर अघि बढाउन त्यसको लागि व्यवसायको ब्रान्डिङ गर्दै लानुपर्दछ । नत्र छोराछोरी चाहि विदेश गएर दुख गर्दछन् । यता बाबुआमाले गर्दै गरेको व्यवसाय उनीहरुको उमेर ढल्कदै गएपछि व्यवसाय संकटमा पर्नेछ ।

९. व्यवसायको बीमा गर्ने : हामी धेरैले ब्यवसायको बीमा गरेको हुदैनौं, बैंकबाट ऋण लिनलाई मात्र बीमा गरिएको हुन्छ । तर, व्यवसायमा हुने जोखिम कम गर्न अनिवार्य बीमा गर्नुपर्दछ ।

१०. सहुलीयत ऋणको माग : उद्यमशीलता बिकास गर्न स्थानीय पालिकाहरुले पनि सहकारीहरुसँग सहकार्य गरी सहुलियत कर्जा उपलब्ध गराउन सकिन्छ ।

११. सम्भावित व्यवसाय छनौट : कच्चा पदार्थ स्थानीय स्तरमा नै हुने र बिक्रि पनि यहिको बजारमा जान सक्ने ब्यवसाय रोज्नु पर्दछ । घरको एउटा कोठमा नै संचालन गर्न सकिने कुटिर उद्योग, कृषिमा आधारित उद्यम र पर्यटन व्यवसायलाई प्राथमिकता दिन सकिन्छ ।

१२. प्राविधिक सीप : समय सापेक्ष उत्पादन भएका बस्तुहरुको गुणस्तरीयता जाँच, प्याकेजिङ, हाइजिन ः बष्लतबष्ल लगायतका बारेमा समय सापेक्ष प्राबिधिक ज्ञान हासिल गर्दै आगाडि बढ्नु पर्दछ । सहकारीहरुले चाहेमा सदस्यहरुलाई उद्यमी बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्दछन् । उद्यमी सदस्यहरुले सजिलै संस्थाको ऋण पनि तिर्न सक्छन् । अवको सदस्य र संस्थाबीच सुमधुर सम्बन्ध बनाउने उपाय घर–घरमा उद्यमी तयार गर्नु हो । जय सहकारी

प्रकाशित मिति : जेष्ठ २९, २०८१ मंगलबार  ९ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]