जेष्ठ ४, २०८२ शनिबार

पानी पसेपछि बिर्तामोडका २५ पसलमा लाखौंको क्षति, व्यापार प्रभावित

बिर्तामोड । आज रातभरको वर्षापछि झापा बिर्तामोडका दुई दर्जनभन्दा धेरै पसलहरुमा पानीले क्षति पुराएको छ । बिर्तामोडको विशाल मार्केट र प्रसाई मार्केटका २५ वटा पसलमा पानी पसेपछि विक्रीका लागि राखिएका सामग्रीहरुमा क्षति पुगेको हो ।

विशाल मार्केटका १८ र प्रसाई मार्केटका ८ वटा पसलमा पानी पसेको विर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले जानकारी दिए । उनका अनुसार पसलमा पानी पसेपछि हरेक व्यवसायीहरुलाई २० हजारदेखि डेढ लाखसम्म क्षति पुगेको छ । कपडा, जुत्ता, धागो, कस्मेटिक पसलहरुमा क्षति पुगेको महासचिव खतिवडाले जानकारी दिए ।

पानीले क्षति पुराएपछि नगरपालिकालाई जानकारी गराइएको खतिवडाको भनाई छ । ड्रेन जाम भएकाले पानी निकास नहुँदा पसलहरुमा पानी पसेको बताइएको छ । उनले सबै व्यवसायीहरुलाई क्षतिको विवरण जानकारी गराउन आग्रह गरेको बताए ।

अविरल वर्षापछि व्यवसायीहरुको व्यापारस्थलमा पानी जम्दा आज दिनभरको व्यापार प्रभावित भएको वाणिज्य संघका सदस्य शत्रुघनप्रसाद गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति : असार १२, २०८१ मंगलबार  ५ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]