जेष्ठ ४, २०८२ शनिबार

बिर्तामोडका कृषक र व्यवसायीहरुलाई सामग्री वितरण

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषक तथा व्यवसायीहरुलाई विभिन्न प्रकारका सामग्री वितरण गरेको छ । नगरपालिकामा बुधबार आयोजित कार्यक्रममा दुग्ध डेरी उद्योगका लागि आवश्यक चिलिङ्ग भ्याट सहित, मिल्क क्यान, काउमेट, बाख्रा तथा बंगुरका दाना पिसाउने मेशिन वितरण गरिएको हो ।

चिलिङ्ग भ्याट २ वटा, मिल्क क्यान ८ वटा, दाना पिसाउने मेशिन ५ वटा र काउमेट २२ जनालाई १ देखि ४ थानका दरले ११ लाख ६८ हजार ५ सय रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो । उल्लेखित सामग्रीमा कृषक तथा व्यवसायीहरुको ५० प्रतिशत लागत साझेदारी रहेको पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।

उक्त सामग्री नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधा कृष्ण खतिवडा, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य संगिता सिवा, सिता विश्वकर्माले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरले प्रदान गरेको सामग्रीको सहि सदुपयोग गर्न आग्रह गरिन् । कृषि क्षेत्रमा नगरपालिकाले हरेक वर्ष विभिन्न प्रकारका सहयोग गर्दै आएको बताउँदै उनले उत्पादनमा जोड दिएकी छन् ।

प्रकाशित मिति : असार १३, २०८१ बुधबार  ८ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]