५१ विघामा ‘फैसलापछि दुविधा भयो, निर्देशन माग गरेका छौं’
बिर्तामोड । ५१ बिघा जग्गाको सन्दर्भमा मालपोत कार्यालय झापाले रोक्का नगरेको मालपोत अधिकृत शेरबहादुर भण्डारीले स्पष्ट पारेका छन् । सर्वोच्चको फैसलाअघि सो क्षेत्रको जपमन किनबेच र दृष्टिबन्धक भइरहेको थियो ।
समाभुख देवराज घिमिरेले शुक्रवार अर्जुनधारामा आयोजना गरेको छलफल कार्यक्रममा मालपोत अधिकृत भण्डारीले कार्यालय आफैले जग्गाको काम नरोकेको स्पष्ट पारेका हुन् ।
उनले सर्वोच्च अदालतको फैसलापछि द्वविधा भएकाले विभागीय निर्देशन माग गरेको जानकारी दिए । विभागबाट फाइल मन्त्रालय पुगेको छ, भण्डारीले भने – जनताले धेरै दुख पाइरहेको कुरा सचिव र मन्त्रीलाई भेटेरै भनेको छु । काम गर्न गाह्र भएको कुरा जानकारी दिइसकेको छु । माथिल्लो निकायबाट निर्देशन आएपछि काम अघि बढाउने उनको भनाई छ । माथिल्लो तहबाट यो विषयलाई चाडो निकास दिन जरुरी रहेको भण्डारीको धारणा छ ।