जेष्ठ ४, २०८२ शनिबार

गणपति बेकर्सका सञ्चालक ढकाललाई युवा उद्यमी सम्मान

बिर्तामोड । नेपाली युवा उद्यमी मञ्च झापाले बिर्तामोडका युवा व्यवसायी राजु ढकाललाई सम्मान गरेको छ । बुधबार मेचीनगरस्थित होटल मेची क्राउनमा आयोजित युवा मञ्चको प्रथम साधारणसभामा व्यवसायी ढकाललाई सम्मान गरिएको हो ।

कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीले सम्मानपत्र सहित ढकाललाई सम्मान गरिएका हुन् । उद्यमशिलताको क्षेत्रमा उपलब्धी हासिल गरेको भन्दै (एनवाईईएफ) ले सम्मान गरेको हो ।

बिर्तामोड– ५ मा ढकालले गणपति बेकर्स सञ्चालन गर्दै आएका छन् । एक दशकदेखि बिर्तामोडमा बेकरीको उद्योग सञ्चालन गर्दै आएका उनले ५० जनाभन्दा धेरैलाई रोजगारी दिएका छन् । स्वदेशमै व्यवसाय गर्दै ढकालले रोजगारी सिर्जना गरेकोमा सम्मान गरिएको हो ।

गणपति बेकरी, नैभेद्य, द क्याफे सञ्चालन गर्दै आएका उनी अष्टे«लिया अध्ययन गरेर आएका युवा हुन् । विदेशमा अध्ययन गर्नेहरु स्वदेश नफर्किएको बेला ढकालले स्वदेश फर्किएर ५० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

स्वस्थ्यकर बेकरी उत्पादनलाई जोड दिदैं आएका ढकालले युवाहरुलाई बेकरी र कफि सम्बन्धी तालिम समेत प्रदान गर्दै आएका छन् । सीप सिकाउदै रोजगारी समेत उपलब्ध गराइरहेका उनले झापामा बेकरी उद्योगलाई स्थापित गरेका छन् ।

झापा जिल्लाका सबैजसो बजारमा उपलब्ध हुने गणपति बेकरपछि कफिमा समेत उनले आफ्नो बजार बढाइरहेका छन् । काँकडभिट्टामा पहिलो शाखा स्थापना गरेका उनले भद्रपुर विमानस्थल अगाडि सञ्चालनको तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : असार २८, २०८१ बिहीबार  ४ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]