कनकाई माईमा तस्करी : बगाएर ल्याइएको अवैध सखुवा प्रहरी नियन्त्रणमा
बिर्तामोड । झापाको माइधार प्रहरी चौकीले आज विहान अवैध रुपमा खोलाबाट बगाईल्याउदैं गरेको सखुवा जातको चिरान काठ नियन्त्रणमा लिएको छ । काठ नियन्त्रणमा लिएको प्रहरीले ल्याउने व्यक्तिबारे केहि खुलाएको छैन ।
शिवसताक्षी नगरपालिका वडा न. १० स्थित कन्काई माई खोलाबाट गाडीको टिउमा बाँधीअवैध रुपमा चिरान काठ बगाईल्याई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । अस्थाई प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी र गैडे सामुदायिक बन उपभोक्ता समिति सहितको टोलीले अवैध १९ क्युफिट काठ बरामत गरिएको झापा प्रहरीले जनाएको छ ।
उक्त काठको मुल्य अन्दाजी ५७ हजार रहेको छ । नियन्त्रणमा लिएको काठ आवश्यक कारवाहीको लागि गैडे सामुदायिक बन उपभोक्ता समितिलाई बुझाईएको प्रहरीको भनाई छ ।