चैत्र ६, २०८० मंगलबार

बिर्तामोडमा टमाटर प्रतिकेजी ८० पुग्यो

बिर्तामोड । झापामा टमाटरको मुल्य आकाशिएको छ । भान्सामा पाक्ने सबै प्रकारका तरकारीको परिकारमा प्रयोग हुने गोलभेँडाको मूल्य आकाशिए पछि उपभोक्ता मारमा परेका छन् ।
बिर्तामोडस्थित कषिथोकमा टमाटर प्रतिकेजी ६० रुपैयाँदेखि ८० रुपैयासम्म विक्रि भइरहेको छ ।

गत बैशाखको पहिलो हप्तासम्म २५ रुपैंया केजीसम्म विक्रि भएको टमाटर बढेर ८० सम्म पुगेको व्यवसायीले जानकारी दिएका छन् । बिर्तामोडका थोक व्यवसायी नवराज उप्रेतीका अनुसार टमाटर होलसेलमा प्रतिकेजी ४५ रुपैंयामा विक्रि भइरहेको छ । थोकमा ४५ परेपछि व्यापारीले खुद्रामा २० रुपैंया पावासम्म विक्रि गरिरहेका छन् । व्यवसायी उप्रेतीका अनुसार यो वृद्धिदर उच्च हो ।


नेपालमा उत्पादन कम भएपछि टमाटरको मुल्य बढेको व्यवसायीको भनाई छ । अहिले वेमौसमे टमाटर भारतबाट आउने भएकाले वृद्धि मुल्य बढेको हो, व्यवसायी उप्रेतीले भने – एक महिनाभित्र नेपालकै टमाटर आएपछि मुल्य स्वतःघट्नेछ ।


पूर्वी नेपालमा धनकुटा, पाँचथरसहित सुनमाई इलाम र झापाको बाहुनडाँगीमा टमाटरको व्यवसायिक खेती हुने गरेको छ । सो क्षेत्रमा उत्पादन नभएपछि भारतीय टमाटर मात्र उपभोक्ताको घर पुग्ने भएपछि मुल्य बढेको बताइएको छ ।

एक महिनासम्म यहि मुल्य स्थिर हुन सक्ने व्यवसायीको अनुमान छ । गत वर्ष यहि समयमा टमाटर प्रति केजी १२ देखि १५ रुपैंयामा विक्रि भएको थियो ।

प्रकाशित मिति : जेष्ठ ४, २०७६ शनिबार  १२ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]