बैशाख २६, २०८२ शुक्रबार

झापाको एसमा पहिरो : कोशी प्रदेश सदस्यसहित ६७ जना नेताहरु एमाले फर्किए

दमक । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको निर्वाचन क्षेत्र न. ५ बाट एमाले पार्टी छोडेर एकीकृत (समाजवादी) गएका नेता कार्यकर्ता आजबाट एमालेमा प्रवेश गर्नु भएको छ ।

दमकमा आज पत्रकार सम्मेलन गरी नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश कमिटी सदस्यहरु राजेन्द्र दाहाल, मणी भण्डारीसहितका जिल्ला, पालिका र जनसंगठनका ६७ जना नेता कार्यकर्ता एमालेमा समाहित भएका हुन् ।

एकीकृत समाजवादी पार्टी छोडेर घर फर्किएकाहरुलाई एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोम नाथ ओली र केन्द्रीय सदस्य दिपक कार्की लगायतले खदा लगाएर स्वागत गर्नु भएको छ । पार्टी प्रवेशको अगुवाई गर्नु भएको नेता दाहालले कार्यक्रममा बोल्दै हिजो हावा हुरी आएको वेला एमाले छोडेर गए पनि अब एकीकृत समाजवादी पार्टीको भविष्य नरहेको हुदा अहिले माउ पार्टीमा समाहित भएको बताउनु भयो । एमाले पार्टीको निर्वाचन क्षेत्र न.५ (ख) लाई सुदृढ र एकताबद्ध बनाउने उद्धेश्यले विधानत पार्टी सदस्यता नविकरण गर्ने, सदस्यता प्राप्त गर्नेलाई योग्यता र क्षमताको आधारमा उपयुक्त जिम्मेवारी दिने वारम्वारको छलफल पछि सहमति भएको नवप्रवेशी दाहालले पत्रकार सम्मेलनमा बताउनु भयो ।

उहाँहरुलाई योग्यता र क्षमताको आधारमा सम्वन्धित पार्टी तहको नेतृत्वले जिम्मेवारी दिने एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज ओलीले बताउनु भएको छ । पार्टी प्रवेश गर्नेहरुमा एकीकृत समाजवादीका कोशी प्रदेश कमिटी सदस्यहरु राजेन्द्र दाहाल, मणी भण्डारी, दमक नगरको पूर्व अध्यक्ष,जिल्ला कमिटी सदस्य महेश घिमिरे, जिल्ला सदस्यहरु चन्द्रकला भण्डारी, शशीराज पौडेल,तोया सापकोटा,हरिकृष्ण पौडेल,खगेन्द्र बाह्रकोटी, राम लुइटेल र चन्द्रमणी अधिकारी रहेका छन् ।

यसै गरी समाजवादी निकट अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्यहरु रोशन भण्डारी ,मदन गुरुङ्ग, समाजादीकै नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य उमेश चम्लागाई, समाजवादी पार्टीको दमक नगर सचिवालय सदस्य चन्द्रमणी थापा, खेलकुद महासंघ झापा कोषाध्यक्ष सुदिप सागर भट्टराई (सौरव),अनेरास्वियू दमक क्याम्पस समिति पूर्व अध्यक्ष आयुष्मान पोखरेल, अखिल फोर्स दमक नगर संयोजक रतन चाम्लिङ्ग राई, सहसंयोजक सागर ढकाल (सावन) अनेमसंघ नगर सदस्यहरु जमुना लिम्वू र रेनुका ढुङ्गाना दाहाल एमालेमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ ।

समाजवादीकै अखिल फोर्स नगर संयोजक रतनको नेतृत्वमा नगर समितिका १७ जना, अनेरास्ववियु दमक क्याम्पस समितिका अध्यक्ष रविन अधिकारी सहित १५ सदस्य र तोया सापकोटाको अगुवाईमा कमल गाउँ घर भएका समाजावादी जिल्ला समिति सदस्य र पार्टी सदस्य १६ जना समाजवादी पार्टी छोडेर एमाले प्रवेश गरेको एमाले दमक नगर अध्यक्ष राम पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : भाद्र ४, २०८१ मंगलबार  १२ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]