बैशाख २४, २०८२ बुधबार

सेवा निवृत्त शिक्षकलाई स्कटिङ्ग गरी घर पुर्याइयो

सेवा निबृत्त शिक्षक खरेल, बुबाको सम्झानामा विरुवा रोपेर स्कुलबाट विदा 

सरोज भट्टराई

शिवसताक्षी । झापाको शिवसताक्षी दूधेमा रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका शिक्षकलाई सम्मान साथ घरसम्म स्कटिङ्ग गरेर विदाई गरिएको छ । आजबाट शिक्षण पेशाबाट सेवा निवृत्त हुनुभएका शिक्षक श्रीप्रसाद खरेललाई विद्यार्थीहरुले गाडीमा राखी बजार परिक्रममा गराई घरसम्म स्कटिङ्ग गरेर पुर्याएका हुन् ।

शिक्षक खरेल वि.सं. २०४१ आश्विन २४ गतेबाट आफु जलेर अरुलाई प्रकाश छर्ने शिक्षण पेशामा शिवसताक्षी दुधे कै सतासी प्राथमिक विद्यालयबाट शिक्षण पेशामा प्रवेश गरेका थिए । २०४८ साल मंसिर १ गतेदेखि प्रावि तहमा स्थायी र २०५७ साल चैत्र १ गतेदेखि श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा सरुवा भएर आउनु भएको थियो ।

२०६१ साल बैसाख ३१ गते मावि तहमा कार्यरत रहँदा २०६३ सालदेखि भानु मावि लालझोडमा ४ वर्ष अध्यापन गराई २०६७ सालमा पुन राष्ट्रिय रमणीयमा अध्यापन गराउन थाल्नु भयो । लामो समय शिक्षण पेशामा लाग्नु भएका शिक्षक खरेल मावि तह द्वितीय श्रेणीमा रहँदा सेवा निवृत्त हुनुभएको हो । आफुले ३९ वर्ष ०८ महिना २४ दिन सेवा गरेको स्वयम शिक्षक खरेलले जानकारी दिए । खरेल सामाजिक विषयका शिक्षक हुन् ।

खरेलले आफु विदाई हुँदा विद्यालय परिसरमा आफ्नो दिवंगत पिताका सम्झनामा फुलको विरुवा रोपेका छन् । बुबाको मुख हुेर्ने दिन परेकोले पनि खरेलले पिताको सम्झाना विरुवा रोपेको बताए ।

शिक्षक खरेललाई विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले फुल माला, सहित मायाको चिनो प्रदान गरेका थिए । खरेलले लामो समयमा शिक्षण पेशामा रहेकाले केही समय आराम गर्ने र बाँकी समय सामाजिक सेवामा लगाउने बताएका छन् । शिक्षक विदाईमा शिक्षक गोविन्द काफ्ले, लीला गेलाल र राजकुमार ठाकुरले विदाइ मन्तव्य राखेका थिए । प्रअ लालमणी सुवेदीको अध्यक्षता र सञ्चालन अम्मिता राईले गरेका थिए ।

प्रकाशित मिति : भाद्र १७, २०८१ सोमबार  ६ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]