तीज, हिजो र आज
कविता पौड्याल
भाद्र महिनाको शुक्लपक्षको तृतिया तिथीका दिन हरितालिका तीज मनाईने गरिन्छ । पौराणिक प्रसंग अनुसार भाद्र शुल्क तृतियाका दिन पर्वतराज हिमालयकी सुपुत्री पार्वतीलाई विष्णुसंग निश्चय गरिएको विवाहबाट जोगाउन उनका सखीहरुले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका भनिएको हो ।
हिन्दु समाजमा परापुर्वकालदेखि नै एक महत्वपुर्ण पर्वको रुपमा यस हरितालिका तीजलाई लिने गरेको पाईन्छ । तीज पर्वमा निराहार व्रत बसी पार्वती सहित भगवान शिवको पुजा आराधना गर्ने गरिन्छ । महान पर्वको रुपमा मानिने तीज पर्व, नारीहरुको पर्वको रुपमा अडेको थियो ।
माईती र चेलीको पवित्र सम्बन्धमा अझ मिठासपन ल्याउने यो तीज पर्व, सुख दुःख साट्दै अघि बढेको थियो । वर्षभरी विभिन्न जिम्मेवारी बहन गरेकी चेली एक दिन भएपनि माईतीको समिपमा रहेर सारा दुःख पिडा भुल्थिन । बाबा, आमाको काख अनी माईतीको माया र संरक्षणमा खुशी रहन्थिन । नन्द र सासुको व्यवहारलाई भाका बनाई गीत गाएर तथा नाचगान गरेर रमाईलो गर्दै ब्रत बसी सामुहिक पुजा लगाउथे ।
पछिल्लो केही वर्षसम्म अनेक दुःख कष्ट सहने शक्ति वा सामथ्र्य जुटाउने गर्थे । चेलीका वास्तविक कथा सुन्दा माईतीहरु नै भावुक हुने अवस्था हुन्थ्यो । वास्तवमा त्यसबेला घरका सासु, ससुरालाई फकाएर अनुमति लिएर आप्mना चेलीहरुलाई दर खुवाउन माईतीमा ल्याउन पनि निक्कै मुस्किल हुने गथ्र्यो । त्यसताका घरमा खीर, ढकने अनि पकुवान पकाएर चेलीहरुलाई सात्विक भोजन खुवाउने गरिन्थ्यो ।
तर समय बलवान रहेछ, परिवर्तनले यो तीज पर्वलाई पनि छोडेन । आधुनिक रुपमा यो पर्व मनाउन थालियो, चाहे त्यो बुझेर होस् वा देखासिखीले होस् । तीजको मौलिक पक्षलाई बिर्सिएर व्यवसायिक र छाडा प्रवृत्तिका गीतहरु गाउने, फेसनका कपडा र गरगहना देखाउने, अरुका लागि पुजा लगायतका कार्यक्रमहरु गर्ने-गराउने र दरका नाममा महिनौ अगाडीदेखि सार्वजनिक रुपमा सामुहिक खानपानका कार्यक्रमहरुको आयोजना गर्नाले तीजमा विकृत्ति निम्त्याएको पाईन्छ ।
नारी पर्व भनेर चिनिएको यो तीज पर्व पुरुष विना असम्भव झैं भयो, विच विचमा पुरुष पनि नाच्नै पर्ने पो भयो । वर्षदिनमा एक दिन आफन्त आमा, दिदीबहिनी भेला भएर मनाउने यो पर्व एक महिनाले पनि भ्याउन नसक्ने जस्तो देखियो । भ्mयाउरे गीत साथै संगिनीका भाका गाएर रमाईलो गर्ने गरिन्थ्यो भने अहिले डिस्को र हीपहपको प्रतिष्पर्धालाई रोक्न नसकिने झैं देखियो । होटल र पार्टी प्यालेसहरुमा पुलाऊ, मासु, रक्सी र वियरको दर शुरु भयो ।
त्यसैले त भन्न मन लाग्छ की सभ्य भई हामीले आप्mनो संस्कारलाई अंगाल्न आवश्यक छ । यस समाजमा देख्ने र देखाउनेको होडबाजीलाई हटाउंदै जानु पर्दछ । सासुलाई आमा समान र बुहारीलाई छोरी समान व्यवहार गर्नु पर्दछ भन्ने भाव हामी हरेक नारीमा हुनु पर्दछ अनी मात्र हामी यो समाजमा रहेका कुसंस्कार तथा विकृत्तिहरु चिर्न सफल हुन्छौं ।
आफ्नै संस्कार, संस्कृतिमा रमाई विकृत्ति एवम् असमानताहरु त्याग्दै यो महान पर्वलाई सार्थक बनाउन सकिन्छ । आफ्नै घरमा सात्विक भोजन खाएर रमाइलो गरी वा सामुहिक कार्यक्रमहरु पनि एकदमै कम खर्चमा समावेशी रुपमा मनाउन सकिन्छ । होडबाजी, बेविचार र अतिवाद हटाउन सके मात्र तीज पर्वले सार्थकता पाउंछ ।
हरितालिका तीज २०८१ को पावन अवसरमा सम्पुर्ण हिन्दु नारीहरुमा सुख, समृद्धि, सुस्वास्थ्य, दिर्घायू, अटल सौभाग्यको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
(लेखक एनएमसीको महिला सशक्तिकरण उपसमितिको संयोजक हुनुहुन्छ ।)