जेष्ठ १०, २०८२ शुक्रबार

प्रधानमन्त्रीद्वारा निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ, २२ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गर्नुभएको छ । सिंहदरबारमा आज २१औँ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले २०औँ निजामती सेवा दिवसका अवसरमा घोषणा गरिएका कर्मचारीलाई पुरस्कार प्रदान गर्नुभएको हो ।

२१औँ निजामती सेवा दिवसको अवसरमा सिंहदरबार परिसरमा शनिबार आयोजित कार्यक्रममा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता । तस्बिर : प्रदीपराज वन्त / रासस

प्रधानमन्त्री ओलीले १० उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना निजामती सेवा पुरस्कार पाउने कर्मचारीलाई ताम्रपत्रसहित पुरस्कृत गर्नुभएको हो । उत्कृष्ट कर्मचारीमा थानेश्वर गौतम, बुद्धबहादुर गुरुङ, कविन्द नेपाल, मानबहादुर खड्का, रामप्रसाद लम्साल, ढुण्डीराज लामिछाने, चन्द्रप्रसाद मिश्र, सुनिलकुमार केसी, लक्ष्मीकृष्ण हमाल र शुभलक्ष्मी लामा हुनुहुन्छ । उक्त पुरस्कार रु एक लाख राशिको रहेको छ ।

प्रधानमन्त्री ओलीले निजामती सेवा पुरस्कार डा रोशनीलक्ष्मी तुईतुई, कुमार घिमिरे, सुकदेव लम्साल, रेविका अमात्य, राजकुमार केसी, होमनाथ भट्टराई, सङ्गीता स्वाँर, डा डमरुवल्लभ पौडेल, नारायणप्रसाद ज्ञवाली, चुडाराज सापकोटा, शोभा गिरी, नरबहादुर नेगी, मीन पौडेल, सुशीला ज्ञवाली, किशोर पन्थीलाई प्रदान गर्नुभयो ।

त्यस्तै नवराज तामाङ, सुजन जोजिजु, युक्तप्रसाद सुवेदी, मनिता न्यौपाने, शशिधर सेढाइँ, ठाकुरप्रसाद भट्टराई, मनोजकुमार महतो, राजु कटुवाल क्षेत्री, हुर्मत विक, देवकला अर्याल, उमेश भट्टराई, रामप्रकाश साह, दीपकराज पन्त, शान्ता महर्जन र जवाहरलाल अहिरलाई निजामती सेवा पुरस्कार प्रदान गरिएको छ ।
उक्त पुरस्कारको राशि रु ५० हजारको छ ।

पुरस्कार वितरण समारोहमा मुख्य सचिव एकनारायण अर्यालसहित उच्च पदस्थ कर्मचारीको सहभागिता थियो । सोही कार्यक्रम यस वर्षको उत्कृष्ट निजामती सेवा र निजामती सेवा पुरस्कार घोषणा गरिएको थियो । सरकारले हरेक वर्ष कर्मचारीलाई सर्वोकृष्ट, उत्कृष्ट र सेवा पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : भाद्र २२, २०८१ शनिबार  २ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]