जेष्ठ १०, २०८२ शुक्रबार

युवा व्यवसायी कार्कीद्वारा कोषमा एक लाख प्रदान

बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ब्यवसायी राहत कोषमा रकम जुट्ने क्रम जारी छ । आपत विपद्मा परेका व्यवसायीहरुलाई सहयोग पु¥याउने उद्देश्य सहित संघले एक करोड रुपैयाँ बरावरको व्यवसायी राहत कोष स्थापना गरेको थियो ।

सो कोषमा संघका कार्य समिति सदस्य युवराज कार्की ‘पर्बत’ ले आफ्नो जन्मोत्सवको अवसर पारेर आज एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

कार्कीले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई सो रकम उपलब्ध गराएका थिए । यसअघि पनि संघमा आवद्ध व्यवसायीले आफ्नो जन्मोत्सवमा संघले स्थापना गरेको कोषमा रकम उपलब्ध गराउँदै आएका थिए ।

सोही क्रममा कार्कीले पनि कोषमा रकम सहयोग गरेका हुन् । रकम हस्तान्तरण गर्दै कार्कीले जन्मोत्सवमा गरिने फजुल खर्चलाई कम गर्दै सामाजिक कार्यमा लगानी गर्न अरुलाई समेत प्रोत्साहित गरेका छन् ।

प्रकाशित मिति : भाद्र २२, २०८१ शनिबार  ५ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]