जेष्ठ ८, २०८२ बुधबार

शिवसताक्षीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तुम्वाहाङ्फेलाई

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामामहिला प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनिता तुम्वाहाङ्फेले जिम्मेवारी समाल्नु भएको छ ।

आजबाट शिवसताक्षी नगरपालिकामा ११ औं प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनिता तुम्बाहाङ्फेले जिम्मेवारी सम्माल्नु भएको हो ।

उहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पहिलो पल्ट स्थानीयतहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएको हो । उहाँ निजामति सेवामा प्रवेश गरेपछि अर्थ मन्त्रालय, सम्पत्ती सुद्धिकरण विभाग, प्रधानमन्त्री कार्यालय हुँदै पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत हुनुहुथ्यो ।
आज शिवसताक्षी नगरपालिकामा नगरप्रमुख मेगाहाङ्ग थोप्प्रा, उपप्रमुख नरमाया कार्की, वडाध्यक्षहरु र कर्मचारीहरुले उहाँलाई स्वागत गर्नु भएको छ ।

स्वागतका क्रममा नगरप्रमुख थोप्राले कर्मचारीको र जनप्रतिनिधिको पालिकामा आउने बाटो फरक भएकाले कहिले काकी केही समस्या हुने गरेका जानकारी दिनु भयो । वहाँले जनप्रतिनिधि भोटबाट र कर्मचारी लोकसेवाबाट आउँदा आ–आफ्ना जिम्मेवारी हुन्छन् । कर्मचारीले कानुनको नियमको परिधित्र रहेर काम गर्नु पर्ने बाध्यता र जनप्रतिनिधिले व्यवहारिक जनताको गुनासो प्रत्यक्ष सुन्नु पर्ने र त्यसको लागि काम गर्नु पर्ने हुँदा यसलाई समायोजन गरेर सहज ढंगले काम गर्नु पर्ने बाध्यता रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, वडाध्यक्षहरु लक्ष्मी चेम्जोङ्ग, भिम नेम्वाङ्ग, भाष्कर न्यौपाने, भवानी विक्रम चेम्जोङ्ग र बहादुर आङ्गबोले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

अधिकृत सम्वाहम्फेले स्थानीयतहको अनुभव नभए पनि ऐन कानुनको परिधि भित्र रहेर नगरमा सुशासन कायम गर्दै र विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।

शिवसताक्षी नगरपालिकामा यस अघि प्रमुख प्रशासकीय अधिकृतको रुपमा अमृत बहादुर राई हुनुन्थ्यो । उहाँलाई कार्यापालिका बैठकले हालसम्मको कार्य सम्पादन सन्तोष जनक नरहेको भन्दै मन्त्रालय फिर्ता पठाएको थियो ।

शिवसताक्षीमा हालसम्म जिम्मेवारी सम्माल्नु भएको अधिकृतहरुमा जयनारायण खनाल, हरिप्रसाद गुरागाईँ, तुलाराम थापा मगर, पंकज भूर्तेल, विष्णुबहादुर अधिकारी, सुरेन्द्र दाहाल, गीताकुमारी राई, रामकृष्ण श्रेष्ठ, प्रकाशचन्द्र चौधरी र अमृतबहादुर राई रहनु भएको थियो । जसमा सुरेन्द्र दाहाल र प्रकाशचन्द्र चौधरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहनु भएको थियो ।

प्रकाशित मिति : भाद्र ३१, २०८१ सोमबार  ६ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]