बैशाख २४, २०८२ बुधबार

त्रिविमा ०५८ र ०६९ को सीमा कटेकालाई मौका परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जुनसुकै तहको परीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय गरेको छ । विश्व विद्यालयको त्रिवि परीक्षा सुधार समितिको सोमवार बसेको बैठकले सो निर्णय गरेको हो ।

समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा. खड्ग केसीका अनुसार त्रिविबाट सञ्चालन हुने जुनसुकै तहको पररीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने र त्रिविअन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय भएको छ ।

प्रकाशित मिति : आश्विन ८, २०८१ मंगलबार  १० : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]