जेष्ठ ४, २०८२ शनिबार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य एक लाख ६० हजार ६ सयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य ५ रुपैयाँले घटेर १९४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : आश्विन १४, २०८१ सोमबार  १२ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]