जेष्ठ ४, २०८२ शनिबार

बाढीपहिरोमा ज्यान गुमाएकाको परिवारलाई २ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा अमेरिकाबाट फर्केलगत्तै बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार प्राकृतिक विपदका कारण १० दिनसम्म बेपत्ता रहेका सदस्यलाई पनि मृतककै रुपमा मानेर परिवारलाई २ लाख दिइनेछ । यीलगायत मन्त्रिपरिषदका निर्णयलाई मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिइने पनि उनले बताए ।

प्रकाशित मिति : आश्विन १४, २०८१ सोमबार  १० : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]