बैशाख २४, २०८२ बुधबार

‘क्यूआर स्क्याम’ बाट बचौं

सम्पादकीय
झापाको बिर्तामोडमा केही महिनादेखी व्यवसायीहरु शृङखलाबद्ध रुपमा ठगिएका छन् । व्यापारीहरु कारोवारामा प्रविधिको प्रयोग गर्दा ठगिनु परेको छ । एक जना युवाले बिर्तामोडका धेरै व्यवसायीहरुलाई ठगी गरिसकेको घटना सार्वजनिक भयो । हाते कारोवार गरिरहेका व्यवसायीहरुले प्रविधिको विकास भएसँगै व्यापारमा मोवाइल बैंकिङ प्रयोग गर्न थालेका छन् । व्यापारीहरुले मोवाइल बैंकिङमा क्यूआरको प्रयोगलाई विश्वास गर्दा ठगिनु परेको छ । क्यूआर ठिकै छ । गलत नगर्नेहरुलाई यसैबाट सुरक्षित कारोवार भइरहेको छ । गलत नियत राख्ने, ठगीको योजना बनाउनेका कारण धेरैले यसैबाट ठगिनु परेको छ ।

वैदेशिक रोजगारीमा गएर फर्किएको बताउने युवा, ठगीमा परेका व्यवसायीहरुका अनुसार बिर्तामोड ३ का दिपक कालिकोटे नाम गरेका युवाले सयौ व्यवसायीलाई ठगी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएको, ढुवानी व्यवसायी, सप्लायर्स सञ्चालकको परिचय दिदैं बिर्तामोडमा ठगी गरिरहेका कालिकोटेले यहाँ (क्यूआर स्क्याम) चलाइरहेका छन् । विभिन्न पसलहरुमा जाने, सामान माग्ने र नगद समेत मागेर सोही अनुसार हिसाव गरेर क्यूआर गरेको देखाउनेलाई प्रहरीले पनि वास्ता गरिरहेको छैन । प्रहरीले यो ठगीलाई चासो नदिदा व्यापारीहरु धेरै नै मार्कामा परेका छन्, ठगिएका छन् ।

चिनजान जस्तै गरेर पसलमा पुग्ने युवाले खुलेर कुरा गर्ने गरेको ठगीमा परेका व्यवसायीहरु भनिरहेका छन् । व्यवसायीहरुलाई आँखामा छारो हालेर ठगी धन्दा मच्चाइरहेका ठगलाई तत्काल कानुनी कारवाहीको दायरामा लैजानुपर्छ । त्यसका लागि व्यापारीले कानुनी प्रक्रियामा अघि बढ्न जरुरी छ । अब, यो क्यूआर मार्फत भइरहेको ठगी प्रकरणबाट सुरक्षित हुनुपर्छ । कसैले पनि क्यूआर गर्यो भने आफ्नो खातामा जम्मा भए नभएको हेर्न जरुरी छ । आफ्नो खातामा पैसा जम्मा नै नभई छोड्न हुदैन । पैसा जम्मा गरेको नक्कली फोटो देखाएर ठगीमा गरिरहेको घटनाबाट पाठ सिकेर व्यवसायीहरुले कानुनी कारबाहीमा जानु ढिलाई गर्न हुदैन ।

प्रकाशित मिति : आश्विन १८, २०८१ शुक्रबार  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]