बैशाख २४, २०८२ बुधबार

उपभोक्ताले यहाँ सहुलियत पाउनुपर्छ

सम्पादकीय

कोभिड र त्यसपछिको आर्थिक मन्दीले आम उपभोक्ताहरु विगतमा जस्तो किनमेल गर्न सकिरहेका छैनन् । पहिले–पहिले दशैंमा एक महिनाअघि नै किनमेल गरिन्थ्यो भने अहिले घटनास्थापना देखी मात्रै चहलपहल छ । त्यै पनि बजारमा व्यवसायीहरु दशैंमा व्यापार नभएको प्रतिक्रिया दिइरहेका छन् । बजारमा सधैं देखिने जस्तो भीडभाड र चहलपहल नभएपछि व्यवसायीहरु निराश बनेका छन् । यो वर्षको दशैंको पूर्वसन्ध्यामा देशभर भएको अत्याधिक वर्षाले गर्दा पनि बजारमा उत्साह देखिएको छैन । बजारमा सामान्य मात्रै भीडभाड छ । बजारमा अहिले देखिएको चहलपहलबाट व्यापारीहरु उत्साहित छैनन् ।

पहिलो कुरा आम नागरिकसँग दशैंमा पर्याप्त किनमेल गर्नका लागि पर्याप्त बजेटको व्यवस्था हुनुपर्छ । पर्याप्त बजेट हुनका लागि आम्दानीको स्रोत पनि बलियो हुनुपर्छ । जब आम्दानीको स्रोत नै बलियो नभएपछि सर्वसाधारणले खर्च पनि गर्न सक्दैनन् । सबैको प्रायः व्यवसाय चौपट छ । आर्थिक क्षेत्र नै डामालोल भइरहेको परिस्थितिमा खुलेर खर्च गर्ने अवस्थामा छैन । फेरि, स्थानीय बजारमा उपभोक्ताहरुको गुनासो पनि छ । स्थानीय बजारमा हदैसम्मको महंगी भन्ने गुनासोका कारण धेरै नेपालीहरु किनमेलका लागि भारत जाने गरेका छन् ।

बिर्तामोडमा व्यवसायीहरुले विगतमा जस्तो दशैं नआएको प्रतिक्रिया दिएपछि उपभोक्ताहरु विभिन्न टिकाटिप्प्णी पनि गरेका छन् । उपभोक्ताहरुले हदैसम्म महंगो लिएका कारण त्यहि सामान पानीट्याङ्कीमा ५० प्रतिशत सस्तो पाउने बताइरहेका छन् । यहाँ बजारमा सहुलियत नै नभएका कारण उपभोक्ताहरु बाहिर गइरहेको भनाई छ । होलसेल मुल्य भनेर खुद्रामाभन्दा महंगोमा सामान बच्ने गरेको पनि कतिपयले टिप्पणी गरेका छन् । व्यवसायीहरुले भन्सारले कडाई गर्नुपर्ने आवाज पनि उठाइरहेका छन् । भन्सारले होइन, व्यवसायीहरुले किनमेलको वातावरण यहि तयार गर्नुपर्छ । यहाँका उपभोक्ताले यही खरिद गर्दा सहुलियत पाउनुपर्छ ।

प्रकाशित मिति : आश्विन १९, २०८१ शनिबार  ८ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]