चैत्र १६, २०८० शुक्रबार

सम्पादकीय : आस्था प्रकरणको सन्देश

चर्चित एवम् राष्ट्रिय कलाकार आस्था राउत प्रकरण अब सेलाएको छ । ४ हजार धरौटीमा छुटेपछि आस्था राउत प्रकरण सेलाए पनि यसले केहि सन्देश छोडेको छ । गायिक राउतको अव्यवहारिक प्रस्तुतिले उनी एकाएक चर्चामा आइन् । उनैका कारण यो प्रकरणमा आम नागरिक विभाजित भए । विमानस्थलमा गायिका आस्था राउतले गरेको व्यवहार असभ्य नै थियो । जसको परिमाण उनले भोगिन् । एउटा महिला प्रहरीलाई सम्मान गर्नुपर्नेमा उल्टै अपमानजनक व्यवहार देखाएर आलोचित हुनुप¥यो । प्रहरी हाम्रो राज्यको संयन्त्र हो । राज्यसँगै अमानको व्यहार गर्नु बेठिक थियो ।

कलाकार पनि अन्य नागरिक सरह छन् । उनीहरुलाई पनि समाजले मान्दिएको छ । जसरी अन्य क्षेत्रलाई समाजले मान्दिएको छ । आम नागरिकले मानेकै कारण धेरै आत्मसम्मानका साथ बाँचिरहेका छन् । तर, मानिदिनेहरुलाई दुव्र्यवहार गर्नु नाजायज हो । यहि प्रकरणमा प्रहरी विरुद्ध र सरकार विरुद्ध ठ्लो हुल खनियो । जब सरकार बलियो हुन्छ तब यस प्रकारका घटनामा जो कोहि कारवाहीको दायरामा पर्न सक्नेछन् । महरा काण्ड दुनियालाई थाहा छ । के उनी विना शक्तिका व्यक्ति थिए ? जब एउटा सभामुखको जिम्मेवारीमा बसेको व्यक्तिलाई त उन्मुक्ति मिलेन भने अब सबैले कानुनी राज्यको अभ्यास भइरहेको छ भन्न किन हिच्किचाउने ?

सबैको गौरव हो, कला क्षेत्र । मान्दिएको र मनपराएकै कारण आज उनीहरु सेलिब्रेटी भएका हुन् । तर, विमानस्थलमा एउटा प्रहरीलाई डन्ठिनी भनेका कारण उनको चेतनालाई मुल्याङकन गर्ने सामाजिक अवसर मिल्यो । जाँचको क्रममा जो सुकै होस् नियममा बाँधिनैपर्छ । त्यो समयमा उनले कफि बोकेर देखाएको दृष्य अपाच्य नै थियो । यो घटनाले कसैलाई पनि कानुनी कारवाहीमा विभेद हुदैन भन्ने सन्देश दिएको छ । शक्तिको आडमा असभ्य बन्न समेत छुट छैन । आस्था प्रकरणले दुनियालाई केहि नयाँ सिकाएको छ । जसका कारण अब यस प्रकारका हर्कत समेत हुने छैनन् ।

प्रकाशित मिति : माघ १५, २०७६ बुधबार  १२ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]