बैशाख २४, २०८२ बुधबार

स्नातक तहका सबै परीक्षामा नेपाली र अंग्रेजीमा प्रश्न सोध्ने

झापा । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ ।

उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० चैत १५ गतेको बसेको बैठकबाट निर्णय गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायको स्नातक तहका प्रश्नपत्र तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएकी छन् ।

त्रिभुवन विश्वविद्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई उक्त निर्णयबारे जानकारी गराउँदै मन्त्रालयलाई गरेको पत्राचारमा भनिएको छ, ‘पहिलो चरणमा अहिलेलाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्न नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने बेहोरा समेत जानकारी गराउँदछु ।’

प्रकाशित मिति : कार्तिक ५, २०८१ सोमबार  ७ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]