विषादी जाँचलाई प्रभावकारी बनाइयोस्
सम्पादकीय
चाडवाड सुरु भएपछि हरेक वस्तुको मुल्य वृद्धि हुन्छ । दशैं लागेसँगै बजार हरेक जसो वस्तुको मुल्य वृद्धि हुने गरेको छ । त्यसमध्ये मुल्य वृद्धि हुनेमा पर्छ, गोलभेडा । गोलभेडाको मुल्य वृद्धि भयो । तरकारीजन्य सबै कृषि वस्तुको मुल्य आकासियो । मुल्य जस्तै गोलभेडामा विषादीको मात्रा अत्याधिक भएको पुष्टि भयो । बिर्तामोडको कृषिथोक बजारमा आयात गरिएको टमाटम दुई दिनपछि जाँच गर्दा पनि विषादीको मात्रा अत्याधिक रहेको पुष्टि भयो । ४५ प्रतिशतभन्दा मुनीलाई खान योग्य मानिन्छ । बिर्तामोडमा गरिएको जाँचमा ५६ प्रतिशतभन्दा माथि विषादी भेटियो । मुल्य मात्र होइन, विषादी पनि अत्याधिक छ ।
इलामबाट आयात गरिएको भनिएको गोलभेलामा ५६.८२१५ अर्गानो फस्फेट देखिएको प्रयोगशालाले जनाएको छ । विषादीको मात्रा उच्च भएपछि उपभोग अयोग्य भएको गोलभेडा नष्ट गरिएको छ । विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले ३ क्यारेटमा मात्र विषादी जाँच गरेको थियो । तर, किसानले बजारमा ३ क्यारेट मात्र अवश्य पठाएका थिएनन् । कृषिथोकका व्यवसायी मनिष शाहले आयात गरेको गोलभेडामा विषादी देखियो । त्यो विषादी व्यवसायीले नभई किसानले नै प्रयोग गरेको हुनुपर्छ । किसानले उत्पादन कै क्रममा विषादी प्रयोग गर्ने हो । विषादी प्रयोगमा किसानले किन विवेक प्रयोग गरेनन् ?
विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले हरेक दिन विषादी परीक्षण गरिरहेको छ । विषादी परीक्षणबाट उपभोग योग्य र अयोग्य छुट्याउने गरेको छ । बजारमा ति किसानले उत्पादन गरेको गोलभेडा कहाँ–कहाँसम्म निर्यात भयो ? त्यो खोजी गर्ने जिम्मेवारी विषादी जाँच गर्नेहरुसँगै व्यवसायीहरुको पनि हो । किनभने, उपभोक्ताको स्वास्थ्य अधिकारको सुरक्षा गर्ने दायित्व व्यवसायीको पनि हो । यसैले जाँचलाई प्रभावकारी बनाउन जरुरी छ । र, यो गोलभेडाको सन्दर्भमा यहाँको स्थानीय तहले किसान रहेको स्थानीय तहलाई औपचारिक रुपमा पत्राचार गरेर विषादी प्रयोगका बारेमा सचेत गराउन अनिवार्य छ । किसानले आफ्नो उत्पादनलाई मात्र हेरेर हुँदैन, उपभोक्ताको स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ ।