बैशाख २४, २०८२ बुधबार

बिर्तामोडमा अनुगमन चाहियो

सम्पादकीय
बडादशैंको पूर्व सन्ध्यामा बिर्तामोडको बजार अनुगमन गरिएको थियो । बजारमा अनुगमन गर्दा विभिन्न प्रकृतिका समस्याहरु भेटिएका थिए । दालमा रंङ मिसावट देखि प्रतिबन्धित मसलाको व्यापार भएको अनुगमनमा फेला परेको थियो । बजारमा दशैं नजिक आएपछि अनुगमन गरिएको थियो । एक दिन गरिएको बजार अनुगमनमा धेरै समस्याहरु भेटिएको थियो । त्यसपछि अनुगमन गरेको सार्वजनिक भएको छैन । बजारमा व्यापक समस्या छ । व्यापक समस्याका बाबजुत अनुगमन नहुँदा उपभोक्ता मारमा परेका छन् । बिर्तामोड एउटा ठुलो बजार हो । यहाँ किनमेल गर्न हजारौं उपभोक्ताहरु आउने गर्छन् । उपभोक्ताको स्वास्थ्य अधिकारप्रति सचेत भई अनुगमन गर्नुपर्ने हो ।

बिर्तामोड नगरपालिका, जिल्ला प्रशासनसहित सरोकारवाला कार्यालयहरुले बजार अनुगमन गरेका थिए । बजार अनुगमनलाई औपचारिकता मात्रै बनाएको देखिन्छ । होइन भने, समस्या धेरै देखिएको बजारमा नियमित अनुगमन हुनुपर्ने हो । यहाँ स्थानीय सरकारले समेत उपभोक्ताको अधिकार सुनिश्चित गर्न अनुगमनलाई प्राथमिकता दिनुपर्छ । तर, जिल्लाको टोली आउँदा मात्र बिर्तामोड नगरपालिकाले आफ्नो उपस्थिति जनाइरहेको छ । नगरपालिकाले नगरबासीको निम्ति भए पनि बजार अनुगमन गर्नुपर्छ । तिहार नजिक आइसकेको छ । तिहारकै उपलक्ष्यमा भए पनि बजार अनुगमन गरिदिनुहोस् ।

उपभोक्ताहरु तरकारी किन्न जाँदा चकित हुने अवस्था छ । हरेक तरकारीको मुल्य आकाशिएको छ । अझ, चाडवाडमा घरायसी सामग्रीको मुल्य चर्को रुपमा वृद्धि भइरहेको छ । विषादीको अवस्था उस्तै छ । बजारमा अखाद्य र म्याद गुज्रिएका सामान बगरेल्ती भेटिन्छ । कर छलिका सामान छ्याप्छ्याप्टी छ । बिल माग्दा बिल पाइने अवस्था छैन । ठिक ढंगले व्यापार गर्नेहरु पनि गलत गर्नेहरुका कारण बद््नाम भोग्न तयार हुनुपरेको छ । व्यवसायीलाई कारबाही भन्दा पनि सचेत गराउनुपर्छ । जिल्ला प्रशासन मात्र होइन, नगरपालिकाले जिम्मेवार बनेर बजार अनुगमनलाई सञ्चालन गर्न आवश्यक छ । जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन भइरहेको छ । बिर्तामोडमा पनि आजैबाट बजार अनुगमन सुरु गरियोस् ।

प्रकाशित मिति : कार्तिक ८, २०८१ बिहीबार  ४ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]