जेष्ठ ४, २०८२ शनिबार

कोरियाको सिप, श्रम र सम्पत्ति नेपालमा सदुपयोग गर्न मन्त्री भण्डारीको आग्रह

कोरिया ३ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्तीको नेपालमा सदुपयोग गर्न आग्रह गरेका छन ।

नेपाल र कोरिया बिच दुई देशीय सम्बन्ध कायम भएको ५० बर्ष पुगेको अवसरमा कोरियाको पाँच दिने औपचारिक भ्रमणमा रहनुभएका मन्त्री भण्डारीले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्द्वारा आज आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन्  ।

‘तपाइँहरुले सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्ती ढुक्क भएर नेपालमा सदुपयोग गर्नुस्, नेपाल सरकार पूँजीको संरक्षण र प्रवद्र्धन गर्न प्रतिबद्ध छ,’ उनले भने ।

साथै विदेशी लगानी भित्र्याउनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने जानकारी गराउँदै मन्त्री भण्डारीले लगानी भित्र्याउन र लगानी सुरक्षाका लागि कानुनमा भएका सबै असहजतालाई सरकारले संशोधन तथा पुनरावलोकन गर्ने प्रतिबद्धता जनाए ।

गैर आवासीय नेपालीहरुले मन्त्री भण्डारी समक्ष नेपालमा लगानी भित्र्याउन आफुहरु तयार रहेको र नेपाल सरकारले लगानी संरक्षणको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिनुभएको उहाँको भ्रमण दलमा रहनुभएका उहाँका स्वकिय सचिव आनन्द भट्टले जानकारी दिए ।

प्रकाशित मिति : पुष ३, २०८१ बुधबार  ६ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]