जेष्ठ ५, २०८२ आईतबार

रेडक्रस खुदुनावारी उपशाखाको सभापतिमा भण्डारी

बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी खुदुनावारी उपशाखाको आज सम्पन्न निर्वाचनमा जीव कुमार भण्डारी निर्वाचित भएका छन् ।

रेडक्रस खुदुनावारी उपशाखामा सभापति, सचिव र कोषाध्यक्ष पदमा निर्वाचन र अन्य पदमा भने निर्विरोध भएको निर्वाचन समितका संयोजक ओम प्रकाश गौतमले जानकारी दिए ।

सभापतिमा तत्कालिन सभापति मुकुन्द भण्डारीलाई ११५ मत खसेको थियोे भने जीव कुमार भण्डारी १५४ मत ल्याउदै बिजयी घोषित भएका थिए । त्यस्तै सचिवमा हेम कटुवाल १७५ मत ल्याउदै बिजयी बनेका थिए । उनका प्रतिद्वन्दी पदम बहादुर निरौलाले ८९ मत ल्याएका थिए ।

त्यसैगरी कोषाध्यक्षमा १६४ मतका साथ बिन्दा पाण्डे आचार्य निर्वाचित हुँदा उनका प्रतिद्वन्दी प्रसाद कुमार गुरागाईले १०२ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्वाचन समितिका अनुसार बन्दना श्रेष्ठ उपसभापति, निर्मला दङ्गाल उपसचिव र राम खड्का उप कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

त्यसैगरी महिला सदस्यमा कुन्ता देवी पोख्रेल भट्टराई र खुल्ला सदस्यमा सागर घिमिरे ,सन्दीप बराल , खेमबहादुर मगर र भीम शंकर सुवेदी निर्विरोध निर्वाचित भएका थिए । निर्वाचनमा उपशाखाका ३१५ मतदाता रहेकोमा २७८ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : पुष ६, २०८१ शनिबार  ८ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]