जेष्ठ ५, २०८२ आईतबार

रवि लामिछानेसहित ३१ जनाविरूद्व मुद्दा दर्ता

पोखरा, ७ पुस । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरूद्व आज मुद्दा दर्ता भएको छ । कास्की जिल्ला अदालतमा आज मुद्दा दर्ता भएको हो ।

यसैबीच रविकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो । निकितालाई कसुरमा नभई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ।

सम्पत्ति जफतका लागि निकितासँगै पद्‌मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी बनाइएको अभियोग पत्रमा उल्लेख छ।

सहकारी ठगीको रकम निकिताको खातामा जम्मा गरेको आरोप लगाउँदै निकिताका नाममा भएको सम्पत्ति जफत गर्न माग गरिएको हो ।

प्रकाशित मिति : पुष ७, २०८१ आईतबार  १ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]