अर्जुनधारामा हराएको दुई दिनपछि पोखरीमा भेटियो महिलाको शव
बिर्तामोड । दुई दिनदेखी हराइरहेकी एक महिलाको शव अर्जुनधाराको एक पोखरीमा फेला परेको छ । डुबेर महिलाको मृत्यु भएको हो ।
अर्जुनधारा नगरपालिका वडा नं.११ लक्ष्मीधाप बस्ने अन्दाजी ५१ वर्षीया बिमला दर्जी हराएकी थिइन् । उनको आज दिउँसो पोखरीमा डुबिरहेको अबस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । आइतवार दिउँसो देखी दर्जी हराइरहेकी थिइन् ।
उनको शव भुपाल गिरीको माछा पोखरीमा दिउँसो १२.३० बजे भेटिएको थियो । मृतकका छोरा बिमल दर्जीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराउन साथ प्रहरी टोली खटिएर अनुसन्धान गरिरहेको झापा प्रहरीले जनाएको छ ।