बैशाख १४, २०८१ शुक्रबार

सताक्षी गोल्डकप : आर्मी अन्तिम चारमा

विनोद सापकोटा

झापा । झापाको शिवसताक्षीमा जारी तेश्रो संस्करणको सताक्षी गोल्डकपको मंगलवारको खेलमा त्रिभुवन आर्मी प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । दार्जेलिङ्गको एम. एफ. सि. क्लबसँग २–१ को कठिन जित निकाल्दै त्रिभुवन आर्मी उपाधि होडमा उक्लिएको हो ।

झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा जारी मंगलबार खेलमा दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई स्तब्ध पार्दै आर्मीले बाजी मारेको हो । आर्मीका टेकबहादुर बुढाथोकीको दुई गोलमा आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । यसअघि खेलको छैटौँ मिनेटमा पहिलो गोल गर्दै बुढाथोकीले टिमलाई १–०को अग्रता दिलाएका थिए ।

आर्मीको पहिलो हाफको अग्रतालाई रोक्दै मानेभञ्ज्याङले खेलको ४७ औँ मिनेटमा गोल गर्दै गोल स्कोर समान बनायो । मानेभञ्ज्याङका रैकेत बुअमले प्रहार गरेको गोलले त्रिभुवन आर्मीको गोल पोष्ट चुमेको थियो । खेलको वरावरी धेरैवेर टिक्न भने सकेन । इन्जुरी समयमा त्रिभुवन आर्मीका तर्फबाट पूर्व गोलकर्ता टेकवहादुर बुढाथोकीले क्रस पासलाई सिधै गोल पोष्टको दिसा दिलाएर गोल गरे । बुढाथोकीकै गोलमा त्रिभुवन आर्मीले जित हात पारेको हो ।

खेलको म्यान अफ दि म्याच आर्मीका सेसेहाङ आङ्दाम्बे घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । सतासीधाम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताका बिजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ ।

बुधबारको खेल मछिन्द्र क्लव काठमाण्डौ र गोर्खा बोईज रुपन्देही विच हुने आयोजक समितिका संचार संयोजक योगेन लावतीले बताए ।

प्रकाशित मिति : फाल्गुन ६, २०७६ मंगलबार  ६ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]