जेष्ठ ८, २०८२ बुधबार

बिर्तामोडमा सडक स्तरोन्नतिसँगै मर्मत कार्य जारी

बिर्तामोड, २८ पुस – बिर्तामोड नगरपालिकाले सडक स्तरोन्नतिसंगै भत्किएका सडक मर्मत कार्यलाई पनि तिब्र रुपमा अघि बढाएको छ । नगरले सबै वडा भित्र रहेका सडकहरुमा मर्मत कार्य अघि बढाइको हो । सडक बोर्ड नेपालसंगको साझेदारीमा मर्मत योजना सञ्चालन गरीएको जनाईएको छ ।

कौशल्या बिल्र्डस लक्ष्मीपुर सिराहाले सडक मर्मतको काम गरीरहेको छ । सडक बोर्डको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत गरी कुल ९१ लाख ६ हजार ७२३ रुपैयाँमा कौशल्याले मर्मतको ठेक्का पाएको हो ।

यस योजना अन्तर्गत पर्ने शनिस्चरे रोडदेखि अतिथि सदन, पूर्वपश्चिम राजमार्गदेखि कृष्णहल जाने सडक, न्युटन्स स्कुल जाने सडक, वडा नम्बर ८ को सेन्ट जेभियर्स स्कुल जाने सडकमा यस अघि नै स्तरोनन्ती सम्पन्न भइसकेको छ ।

बाँकी रहेका पुरानो भद्रपुर रोड, हिकोला रोड कृषिथोक उत्तर सडक, वडा नम्बर १ को पञ्चकन्या टोल सडक, वडा नम्बर ३ बिर्ताबजारदेखि घैलाडुब्बा जाने सडक लगायतका सडकहरु मर्मत भईरहेको नगरका ईन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । यो योजनाको ठेक्का सम्झौता यहि पौस मसान्तमा सकिने बिर्तामोड नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : पुष २८, २०८१ आईतबार  २ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]