जेष्ठ १०, २०८२ शुक्रबार

डिफेन्डिङ च्याम्पियन बिर्तामोड र कन्काई क्वाटर फाइनलमा

आयुष निरौला

बुद्धशान्ति माघ १२ । डिफेन्डिङ च्याम्पियन बिर्तामोड नगरपालिका र कन्काई नगरपालिका बुद्धशान्तिमा जारी दोश्रो संकरणको झापा जिल्ला अन्तरपालिका T-20 क्रीकेट प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेका छन् ।

आज भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले कमल गाउँपालिका लाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको बिर्तामोड नगरपालिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै २१४ रन बनाएको थियो। २१५ रनको लक्ष्य पछ्याएको कमल गाउँपालिकाले २० ओभर खेल्दै ९ विकेट गुमाएर १२७ रन मात्रै बनाउन सफल भयो । बिर्तामोडका लागि २७ बलमा ५४ रन बनाएका आदर्श सरिया म्यान अफ दि म्याच घोषित भए ।

त्यसैगरी दोश्रो खेलमा बाह्रदशी गाउँपालिका विरुद्ध कनकाई नगरपालिका ३४ रनले बिजयी भएको छ ।पहिले ब्याटिङ गरेको कनकाई नगरपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १८२ रन बनाएको थियो । १८३ रनको लक्ष्य पछ्याएको बाह्रदशी गाउँपालिका ८ विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सफल भयो । कनकाईको जितमा ब्याटिङमा २६ रन बनाउनुका साथै बलिङमा २ विकेट लिएका अनिश न्यौपाने म्यान अफ दि म्याच घोषित भए ।

भोलि माघ १३ गतेको पहिलो खेल झापा गाउँपालिका विरुद्ध शिवसताक्षी नगरपालिका र दोश्रो खेल भने मेचीनगर नगरपालिका विरुद्ध हल्दिबारी गाउँपालिका बिच रहने आयोजक बर्खा स्मृति प्रतिष्ठानका सदस्य गोकुल पौडेलले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष मदन प्रसाईंले बताए ।

प्रकाशित मिति : माघ १२, २०८१ शनिबार  ६ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]