बुढेसकालको सहारा : लौरो बोकेर गाउँमै पुग्यो एमाले
बिर्तामोड । वृद्धवृद्धाहरुको भरोसाको पार्टी भनेर चिनिने नेकपा एमाले लौरो बोकेर गाउँमै पुगेको छ । आज बिहान बिर्तामोड–६ स्थित शितलनगर र काभ्रेपाटीमा बुढेसकालको सहारा एमालेले लौरो बोकेर वृद्धवृद्धाहरु दंग भएका थिए । हिडडुल गर्न सहजताका लागि लौरो प्रदान गरिएको हो ।
बुढेसकालको सहारा भनेर मात्र हुदैन, व्यवहारमै देखिनुपर्छ – नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईको भनाई थियो । एमालेले बिर्तामोड क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै सधैंव वृद्धवृद्धालाई सम्मान गरिरहेको अध्यक्ष भट्टराईले बताए ।
नेकपा एमाले बिर्तामोड ६ को टोल नं. ३ अन्तर्गत शितल नगर, काभ्रेपाटो क्षेत्रमा पुगेर वृद्धवृद्धाहरुलाई लौरो वितरण गरेको हो । २० जना वृद्धवृद्धाहरु लौरो उपहार स्वरुप वितरण गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
टोल कमिटीका अध्यक्ष नेत्र प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि प्रसाईले जिउँदो भगवान नै ज्येष्ठ नागरिक भएको बताइन् । ज्येष्ठ नागरिकको सम्मानले मात्र हाम्रो जीवन सार्थक हुने उनको धारणा थियो ।
वृद्धहरुलाई ढाका टोपी लगाउदै लौरो प्रदान गरिएको सौरव तिम्सिनाले जानकारी दिए ।