असार २१, २०८२ शनिबार

आशा जगाउन, भरोसा दिलाउन ‘जरा’ अभियान

प्रेमबहादुर गिरी

अर्जुनधारा –३ मा एमाले वडा कमिटीले कमिटीगत प्रशिक्षणमा सहभागी गरायो । अहिले राजनीति सुन्ने, सहने र पचाउने मनको बाँध मात्र होइन चुनौती छिचोल्ने, बाधा पन्छाउने र लगातार गन्तब्यतिर बढीरहने बिबेकको बाढी बन्नुपर्छ ।

म एमालेको कार्यकर्ता हुँ यो पार्टीको सम्पर्क पाउँदा देशमा निरंकुश ब्यवस्था थियो, बोल्न पाइँदैनथ्यो, बिकासको ‘ब’ पनि कुरा थिएन । पार्टीले शुरुमा नै हामीलाई आचरण शिक्षा सिकायो । कसैको नलिने, घुस नखाने, नम्र बोल्ने, शत्रुसँग नझुक्ने, पैंचो तिर्ने, बस्तु बिनिमय राम्रो होइन, जनताले दिएजति खानाले त्यो छाक पु¥याउने, सम्मानजनक व्यवहार गर्ने, उत्पादन कार्यमा जुट्ने, सहयोगी बन्ने आदि । हामी त्यो शिक्षामा कहिँ चुकेका छैनौं र चुक्दैनौं पनि । म, तपाईं, हामी एमालेको कार्यकर्ताले यो जान्नुपर्छ, मान्नुपर्छ र गर्नुपर्छ । अरुले जे गरुन् राम्रो गरुन् तर हामीलाई नराम्रो गर्ने सुबिधा छैन ।

अहिले भुइँ बाँडिएको छ, भाँडिएको छ, होहल्लाले छोपिएको छ, सत्य चेपिएको छ, गाली उद्योग फस्टाएको छ, ताली दोकान फिंजाएको छ, भ्रमको बाली लगाएको छ, निराशाको खेती हुर्काइएको छ, आशाको पद्धति मिल्क्याइएको छ । सोचमा नकारात्मकता फिंजिएको छ, गाउँबस्तिमा समेत इमानजमान निक्कै सिद्धिएको छ ।

श्रमिकमा श्रमप्रति विश्वास छैन, किसानको दुधमा शुद्धता छैन, ब्यापारीको दोकानमा छलछाम चल्छ, जागिरेको जागिरमा कहिले जाला घाम छ, सहकारी कर तिर्दैन, उपभोक्ता समिति आफ्नै योजनामा कमिशन खोज्छ, खोज्दैजाँदा अहिले त हामी बसेको तल नै बिग्रीएको छ ।

दोष देशलाई देखाउँछ, गाली पुर्खालाई गर्छ, आरोप माथी थोपर्छ, अरुलाई औंला तेस्र्याउँछ तर आफू कस्तो छु भनेर स्व–समीक्षा कहिल्यै गर्दैन , अब्बल छु भनेर स्व–घोषणा पो गर्छ ।

आज समुदायको यो चित्रभित्र चरित्रको दियो बोकेर एमाले जरामा जाँदैछ । आशा जगाउन, भरोसा दिलाउन, विश्वास माग्न, बिचार दिन, गरेको सन्देश बोकेर, गर्ने अठोट लिएर हामी जाँदैछौं । बाटामा गाली, घाटमा गाली, पुजामा गाली, भुजामा गाली, फेसबुकमा गाली, साहित्यमा गाली, पत्रमा गाली, पत्रिकामा गाली, स्वदेशमा गाली, बिदेशमा गाली हरे जताततै गाली नै गाली ।

गाली दोकान खुलेको छ, गाली उद्योग फुलेको छ, गालीको बाली झुलेको छ, सोचले सच्चाइ भुलेको छ, हामीहामीको दाँत गालीमा हाँसेको छ, परचक्रीको आँत हाम्रो देखेर तालिमा हाँसेको छ। हो हामी अहिले गाली सँस्कृति रोपिरहेका छौं, बिकृतिको बाली भित्र्याइरहेका छौं ।
हाम्रो अभियान यहि अँध्यारो सुरुङ्भित्रको दियो हो, नकारात्मकता कमि गर्ने र आशा जगाउने मियो हो ।

प्रकाशित मिति : माघ १३, २०८१ आईतबार  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]