जेष्ठ ११, २०८२ शनिबार

मेचीनगर नगरपालिका दोस्रो नगर सभाको छैटौं अधिवेशन शुरु

मेचीनगर । झापाको मेचीनगर नगरपालिका नगर कार्यपालिकाको दोस्रो नगर सभाको छैटौं अधिवेशन सोमबारबाट शुरु भएको छ ।

नगरपालिकाको सभाहलमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कार्यक्रमको अध्यक्षता गदैं वैठकको छलफलको कार्यससूचीहरू प्रस्तुत गरिएको कार्यक्रममा उपप्रमुख मीना पोख्रेल उप्रेतीले वित्त विवरण प्रस्तुत गरिन् । दोस्रो नगरसभाको पाँचौ अधिवेशनबाट आर्थिक वर्ष २०८१-८२ का लागि स्वीकृत गरेको नीति, कार्यक्रम तथा बजेटको हालसम्मको आर्थिक स्थितिको संक्षिप्त जानकारी गराइन् ।

चालु आर्थिक वर्ष २०८१-०८२ को लागि कुल अनुमानित आय २ अर्व १५ करोड ७० लाख २५ हजार १ सय ९३ रुपैयाँ मध्ये चालु तर्फ ९३ करोड ७८ लाख ४६ हजार ९१९ एवम् पूँजीगत तर्फ १ अर्ब २१ करोड ९१ लाख ७८ हजार २ सय ७४ बिनियोजन भएको अधिवेशनमा जानकारी गराएकी थिइन् ।

अनुमानित आयतर्फ माघ १३ गतेसम्म नगरले करिब ९२ करोड ९ लाख ६६ हजार आम्दानी गरेको उपप्रमुख उप्रेतीले जानकारी दिइन् ।

त्यस्तै उनले नेपाल सरकार समानीकरण अनुदान तर्फ १२ करोड ४७ लाख ५० हजार, नेपाल सरकार सशर्त अनुदान चालु तर्फ २७ करोड ६२ लाख ५२ हजार, नेपाल सरकार सशर्त अनुदान पूँजीगत तर्फ १७ करोड ८७ लाख ३८ हजार, स्थानीय राजश्व बाँडफाँड तर्फ १ करोड ६ लाख ४५ हजार, संघीय राजश्व बाँडफाँड अन्तर्गत मुल्य अभिवृद्धि कर तर्फ ६ करोड १५ लाख ४ हजार, अन्तःशुल्क तर्फ १ करोड १७ लाख १७ हजार, आन्तरिक श्रोत तर्फ ७ करोड ८२ लाख ८३ हजार तथा अघिल्लो आर्थिक वर्षको मौज्दात १९ करोड १९ लाख ६१ हजार आम्दानी भएको छ । जुन प्रस्तावित आयको ४२ दशमलव ६९ प्रतिशत रहेको छ बताइन् ।

व्ययतर्फ हालसम्म संघीय सरकार समानीकरण अनुदान तर्फ २ करोड २२ लाख ४७ हजार, संघीय सरकार सःशर्त अनुदान चालु तर्फ २० करोड ३ लाख ८ हजार, संघीय सरकार सशर्त अनुदान पूँजीगत तर्फ १० करोड ७१ लाख २९ हजार, स्थानीय राजश्व बाँडफाँड तर्फ ५८ लाख ६२ हजार, संघीय राजश्व बाँडफाँड तर्फ २ करोड ७२ लाख ५८ हजार तथा आन्तरिक श्रोततर्फ ११ करोड १६ लाख ७७ हजार खर्च भएको छ जसमध्ये कुल चालु खर्चतर्फ ३२ करोड ९ लाख २३ हजार ८३ अर्थात ३४ दशमलब २२ प्रतिशत र पूँजीगत तर्फ १५ करोड ३५ लाख ६१ हजार ७ सय ९६ अर्थात १२ दशमलब ६ प्रतिशत गरी कुल खर्च जम्मा ४७ करोड ४४ लाख ८४ हजार ८ सय ७९ रहेको छ जुन २१ दशमलब ९९ प्रतिशत रहेको राजस्व परामर्श समितिका संयोजक समेत रहेकी उपप्रमुख उप्रेतीले जानकारी दिइन् ।

नगरसभामा विषयगत संयोजक मार्फत अर्ध बार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक विकास समितिका संयोजक तिलजा देवान, सुशासन तथा क्षमता विकास समितिका संयोजक माया प्याकुरेल,पूर्वाधार विकास समिति संयोजक चित्र धिमाल, सामाजिक विकास समिति संयोजक हृदय राजवंशी, बन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक गुणराज भट्टराई विधेयक समिति सदस्य मीनमाया सुब्बा, लेखा समिति संयोजक कविता मिजार र न्यायिक समितिका सदस्य कुन्दन निरौलाले आ–आफ्नो बिषयगत समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोमबार प्रस्तुत विभिन्न प्रतिवेदन अध्ययन गरी आआफ्नो विचार र धारणा प्रस्तुत गर्नका लागि अर्काे बैठक माघ २५ गते बोलाइएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत एवम नगर सभाका सचिव अग्निप्रसाद अधिकारीले सभा सञ्चालनको विधिका विषयमा जानकारी गराएका थिए । सभामा नगरका १ देखि १५ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, नगर सभा सदस्यहरु नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : माघ १४, २०८१ सोमबार  ५ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]