जेष्ठ ११, २०८२ शनिबार

झापाका तीन पत्रकार पुरस्कृत गर्दै फोनिज

झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले प्रदान गर्दै आएको स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०८१ बाट झापाका अग्रज पत्रकार विष्णु सुब्बालाई परस्कृत गरिने भएको छ ।

अग्रज पत्रकार स्व. डिकमान विरही सुनुवारको स्मृतिमा फोनिजले प्रदान गर्दै आएको पुरस्कार यो पटक सुब्बालाई प्रदान गर्ने निर्णय भएको फोनिज झापाकी अध्यक्ष भुमिका सुब्बा फियाकले जानकारी दिनुभयो ।

झापाको दमकलाई कर्मथलो बनाई विगत अढाई दशक लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहनु भएका राष्ट्रिय समाचार समिति (रासस) सम्वाददाताका रूपमा कार्यरत सुब्बालाई पुरस्कार छनोट समितिको सिफारीसमा निर्णय गरिएको अध्यक्ष फियाकले बताउनुभयो ।

पूर्वअध्यक्ष गणेशमान मुखीयाको संयोजकत्वमा रहेको फोनिज झापाको ५ सदसीय पुरस्कार छनोट समितिले सुब्बाको नाम सिफारिस गरेको हो । समितिको सिफारिसमा सुब्बालाई पुरस्कार प्रदान गर्ने निणर्य भएको अध्यक्ष फियाकले बताउनुभयो । उक्त पुरस्कारको राशि नगद २५ हजार रूपैयाँ रहेको छ ।

त्यस्तै, फोनिज उदीयमान पत्रकारिता पुरस्कार २०८१ बाट सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार रविकिरण बान्तावा राई र हरप्रहर न्यूज डटकममा कार्यरत सजन राईलाई प्रदान गर्ने निर्णय भएको फोनिजका जिल्ला सचिव तिलक योञ्जनले जानकारी दिनुभयो ।

फोनिज झापाको माघ १४ गतेको निर्णयले स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि समितिले छनोट गरेको नाम अनुमोदन र उदीयमान पत्रकारिता पुरस्कारका लागि २ जना प्रतिभा छनोट गरेको योञ्जनले बताउनुभयो । उदीयमान पत्रकारिता पुरस्कारको राशि ५र५ हजार रूपैयाँ रहेको छ ।

३ वटै पुरस्कार २०८१ माघ १९ गते बिर्तामोडमा हुने फोनिज झापाको सातौं जिल्ला अधिवेशनको अवसरमा प्रदान गरिनेछ ।

प्रकाशित मिति : माघ १५, २०८१ मंगलबार  ७ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]