जेष्ठ ११, २०८२ शनिबार

गायिका एलिनाद्वारा सम्बन्धविच्छेदकाे मुद्दा दर्ता

काठमाडाैं, माघ १८ गते । गायिका एलिना चौहानले सम्बन्धविच्छेदकाे मुद्दा दायर गर्नुभएकाे छ । शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गर्नुभएकाे हाे ।

गायिका चौहानले माना चामल र अंश हक दाबी नगरि सम्बन्धविच्छेद मात्रै गरी पाउँ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गर्नुभएकाे हाे । उहाँले फिराद पत्रमा पतिले आफूमाथि अन्याय गरेकाे उल्लेख गर्नुभएकाे छ ।

आफ्नाे प्रेम सम्बन्धलाई २०८१ वैशाख ५ गते यी जाेडीले विवाहमा परिणत गरेका थिए । केही समयअघिदेखि नै यी दुईबीच सम्बन्ध सुमधुर नरहेको चर्चा बाहिरिएकाे थियाे ।

प्रकाशित मिति : माघ १८, २०८१ शुक्रबार  ५ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]