जेष्ठ ११, २०८२ शनिबार

गायत्री माताको मन्दिरमा दैनिक १५ सय भक्तजन सहभागी

झापा । गायत्री माताको मन्दिर बिर्तामोडमा बिहीवारदेखि सुरु भएको पाँच दिवसीय अनुष्ठानमा भक्तजनहरुको भव्य उपस्थिति भइरहेको छ । पहिलो दिन बिहीवार र आज भक्तजनको उपस्थिति उल्लेख्य भएको छ ।

पहिलो दिन १५ सय भक्तजनको उपस्थिति रहेको भजनसन्ध्यामा आज पनि १५ सयको सहभागिता रहेको थियो । पहिलो दिन कृष्ण भण्डारीको समूहले नेपाली भजन प्रस्तुत गरेको थियो । आज हिन्दी भजन प्रस्तुत गरिएको थियो भने शनिवार साँझ नेपाली भजन गायक रोशन अधिकारीको प्रस्तुति हुने कार्यक्रम संयोजक रोनक वंशलले जानकारी दिए । हरेक दिन साँझ ६ः४५ बजेदेखि सुरु हुने भजन सन्ध्यामा धुलाबारीका आयुश शर्मा र दिल्लीबाट साहिल कोहेलीको प्रस्तुति रहने छ । सबैका लागि खुला गरिएको गायत्री माताको मन्दिरमा दैनिक १५ सयले महाप्रसाद ग्रहण गरिरहेका छन् ।

अनुष्ठानको उद्घाटन बिहीवार प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले गरेका थिए । अनुष्ठानको उद्घाटनअघि कलसमा गंगाजल अर्पण गरेपछि शुरु भएको शोभायात्राले बिर्तामोड नगर परिक्रमा गरेको थियो । यात्रापछि पछि गायत्री मन्दिर परिसरमा पुगेर बिसर्जन गरिएको थियो ।

बिर्तामोडमा पहिलो पटक आयोजना गरिएको गायत्री माताको पाँच दिवसीय अनुष्ठान माघ २१ गतेसम्म सञ्चालन हुने हुनेछ । स्थानीय दाता , बिर्तामोड नगरपालिका र प्रदेश सरकराको संयुक्त अढाई करोड रुपैयाँको लगानीमा निर्माण गरिएको गायत्री माताको मन्दिर परिसरमा अनुष्ठान शुरु भएसंगै दैनिक नेपाल तथा भारतमा ख्यातिप्राप्त भजन गायकद्वारा भजन कीर्तनको आयोजनासँगै महाप्रसाद वितरण गरिरहेको छ ।

आगामी माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको वंशलले जानकारी दिए ।

आगामी माघ २१ गते विधि पूर्बक प्राण प्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक वंशलको भनाई छ । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : माघ १८, २०८१ शुक्रबार  ११ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]